अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

सरकारको रिपोर्ट कार्ड प्रस्तुत गर्दै कांग्रेसको अवरोधबीच प्रधानमन्त्रीले मागे विश्वासको मत

By नेपाल प्रेस
On: May 20, 2024 12:42 PM
Follow Us:
---Advertisement---

 कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेका छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले बेल घेराउ गरिरहेकै अवस्थामा रोष्ट्रम पुगेका प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेका हुन्।

उनले भने, ‘प्रतिपक्षका साथीहरूलाई मेरो आग्रह छ, हामी सबैको गन्तव्य राष्ट्रनिर्माण नै भएकाले यही गन्तव्यका लागि विश्वासको मत दिनुस् ।’

विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले सरकारको रिपोर्ट कार्ड प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी, ललिता निवास, बाँसवारी, बाल मन्दिर, सुनकाण्ड लगायतका प्रकरणमा सरकारको निर्भिक र निष्पक्ष कारवाहीले जनतामा लोकतन्त्र र त्यसको शक्तिप्रति ठूलो भरोसा जागेको बताए ।

सरकारले सबैजसो मोर्चामा सार्थक उपलब्धि र गौरव हासिल गर्दागर्दै पनि जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले फेरि देशमा देखिएको चुनौतीलाई सम्बोधन गर्न सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा उनको जोड थियो । नीति तथा कार्यक्रम र बजेटको छलफल चलिरहेको अवस्थामा आफूले सरकारका दीर्घकालीन प्रतिबद्धताहरू सम्मानित संसदको साथ र सहयोगविना पूरा हुन नसक्ने उनले बताए ।

लोकतन्त्रले जगाएको सामाजिक र राजनीतिक चेतनालाई लोकतन्त्रकै विरूद्ध प्रयोग गर्ने प्रयासविरूद्ध संसदको हस्तक्षेप आवश्यक रहेको प्रधानमन्त्रीको भनाइ थियो ।

नेपाल प्रेस