पश्चिम म्याग्दीको लाइफलाइन मानिने बेनी-दरबाङ सडकखण्ड अन्तरगत बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमा क्षेत्रमा पर्ने फापरखेतमा एक अप्रेटरले कालोपत्रे सडकमै एक्साभेटरले चलाइरहेका थिए ।

केहीदिन अगाडी बेनी–पाखापानी सडकखण्ड अन्तरगत ज्यामुनाखर्कको ढलान सडकमा एक्साभेटर चलाइरहेको अवस्थामा बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेले रोक्न निर्देशन दिइन् ।तत्कालै चालकले सावधानी अपनाएर मात्रै चलाउने प्रतिबद्धता जनाए । म्याग्दीमा पछिल्लो समय कालोपत्रे र ढलान गरेको सडकमा सडकमा मनलाग्दी हेभी इक्युप्मेन्ट डोजर÷एक्साभेटरले चलाउने गरिएको छ ।

जिल्लामा कालोपत्रे र ढलान गरिएको सडकमा लुकिछिपी हेभी इक्युप्मेन्टलाई चलाउँदा कालोपत्रे उप्किएर छ भने सडकको आयु घटेको छ । एक ठाउँबाट अर्को ठाउँमा हेभी इक्युप्मेन्ट लैजाँदा लाग्ने ढुवानीबाट जोगिन निर्माण ब्यवसायीले आवश्यक सावधानीमा ध्यान दिएका छैनन् ।

सडकमै गुडाउँदा टायरको प्रयोग, लामो यात्राका लागि ट्रकको प्रयोग गर्नुपर्ने तर्फ ध्यान दिएको पाईदैन । जिल्लामा निर्माण सम्पन्न भएका सडक बिग्रनुमा हेभी इक्युप्मेन्टको प्रयोग र भारवहन क्षमताभन्दा बढी तौलका गाडी गुडाउनु नै प्रमुख कारण मानिन्छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख इञ्जिनियर विष्णु पौडेलले सडकको प्रयोगलाई मापदण्ड अनुसार गर्नुपर्ने बताए । उनले सडकमा एक्साभेटर चलाउँदा मापदण्ड उल्लंखन गरेमा कारबाही हुने समेत बताए । उनले कालोपत्रे सडकको प्रयोगमा हेभी इक्युप्मेन्टको प्रयोग र भारवहन क्षमताभन्दा बढी तौलका सवारीसाधनले असर गर्ने बताए ।

विगतमा समेत बेनी नगरपालिकाले बेनी–गलेश्वर सडकखण्डमा कालोपत्रेको क्रममा जथाभावी एक्साभेटर चलाउँदा जरिवाना गरेको थियो । म्याग्दीमा निर्माण ब्यवसायीले सडक कालोपत्रे गर्दा प्रयोग हुने प्रमुख बस्तु विटुमिन (अलकत्रा) गुणस्तरहिन निर्माण सामाग्रीको प्रयोगको गुनासो र कालोपत्रे गरेको केही समयमै उप्किने, विटुमिनसँग बेस, सबबेस तयार पार्न प्रयोग गरिने निर्माण सामाग्री गुणस्तर नहुदाँ खाल्डा–खुल्डी पर्ने गरेको छ । त्यस्तै कच्ची सडकमा ट्याक्टर, ढुंगा गिट्टी बोक्ने टिप्परले सबैभन्दा बढी सडक खराब गरिरहेका छन् । म्याग्दीमा सडक सुरक्षाप्रति सरोकारवाला निकायको उदासिनताले स्थिति झनै खराब बनेको स्थानीयबासीको भनाई छ ।

Leave a Reply