केवि राना मगरले बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षबाट राजीनामा दिएका छन् ।निर्वाचित भएर अपेक्षित परिणाम दिन नसकेपछि मगरले राजीनामा दिएका हुन् । केवि राना मगर नेतृत्वको कार्यसमिति गत पुष २९ गते निर्वाचित भएका थिए । नवनिर्वाचित समिति चार वर्षको लागि निर्वाचित भएको हो ।

अध्यक्षको हैसियतमा उपभोक्ताको हितमा काम गर्न नसकेको भनि र त्यसको जिम्मेवारी लिँदै सोमबार आफूले राजीनामा दिएको मगरले उपाध्यक्ष हरिबहादुर जिसी सन्तोषलाई सम्वोधन गरेको पत्रमार्फत जानकारी दिएका छन् ।

जुन सोच र विचारले नगरवासीलाई हाम्रो कार्यकाल भित्र चौविसे घण्टा सफा खानेपानी खुवाउने, छिटो छरितो कामलाई कार्यन्वयनमा ल्याउने समितिको निर्णय हुँदा पनि समितिमा मत भिन्नता भएको, कामकाज गर्न कठिनाई भएको, सर्वसुलभ तरीकाले सेवा दिनु पर्ने संस्थामा केहि सदस्यले यसको काम कारवाही बुझन्न नसक्दा आफूलाई, पदाधिकारी र कर्मचारीलाई समेत काम गर्न वाधा आइलागेकोले मैले अध्यक्ष पदमा रहि काम गर्न नसक्ने भएकोले संस्थाको सम्पूर्ण जिम्मेवारीबाट मुक्त हुँदै यस उपभोक्ता संस्थाबाट राजिनामा दिएको पत्रमा उल्लेख छ ।

अध्यक्ष राना मगरले दिएको राजिनामा पत्र आफूलाई प्राप्त भएको समितिका उपाध्यक्ष हरिबहादुर जिसी सन्तोषले  जानकारी दिनुभयो । नयाँ विश्व

Leave a Reply