---Advertisement---

म्याग्दी जेसीजको सप्ताह सुरू

On: May 23, 2024 8:35 AM
Follow Us:

यूवाहरूको नेतृत्व तथा ब्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजको २६ औं स्थापना दिवसको अवसरमा बुधबारदेखि जेसिज सप्ताह सुरु भएको छ।

बेनी नगरपालिका–७ अवस्थित जेसिजको सचिवालयमा बेनी नगरपालिकाका प्रबक्ता एवम् सिनेटर रमेशकुमार श्रेष्ठको सप्ताहको उद्घाटन गदैं समाजका युवाहरुको एकता र सहकार्यसँगै हरेक क्षेत्रमा प्रतिनिधित्व गर्ने गरी जेसीज सप्ताहमा समावेश गरिएका कार्यक्रमहरुको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।  सोही अवसरमा पुर्व अध्यक्ष बिनय श्रेष्ठले रचनात्मक कार्यबाट युवाहरुलाई आर्कषित र क्षमतावान बनाउनुपर्नेमा जोड दिए ।

शाखा अध्यक्ष जेसि दिनेश बानियाँ को अध्यक्षता,बरिष्ठ कार्यकारीणि उपाध्यक्ष तथा जेसिज सप्ताहका मुल संयोजक दिनेश बिश्वकर्माको स्वागत कार्यक्रम संयोजक कोषाध्यक्ष बिनोद घर्ति क्षेत्रीले सञ्चालन गरेका थिए ।सोही अवसरमा अन्तर माबिस्तरिय निबन्ध लेखन प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा ६ विद्यालयको सहभागिता रहेको म्याग्दी जेसीजका मिडिया म्यानेजर कपिल बानियाँले बताए ।