अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

अनेमासंघ म्याग्दीको अध्यक्षमा पुनःयशुदा रोका निर्वाचित

On: May 25, 2024 11:20 AM
Follow Us:

नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीको अध्यक्षमा पुनः यसोदा रोका निर्विरोध निर्वाचित हुनुभएको छ । शुक्रबार सदरमुकाम बेनीमा सम्पन्न भएको नबौं जिल्ला सम्मेलनबाट उपाध्यक्षद्धय हेमकुमारी पुन, पशुपति शाही, सचिव देवकुमारी पुन, उपसचिव जानुका सुबेदी र कोषाध्यक्ष गौमती राम्जाली सहित २५ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत रुपमा चयन भएको हो ।

जिल्लाका छ वटा पालिकामा निर्वाचित भएका पालिका कमिटि अध्यक्षहरु जिल्ला कमिटि सदस्यमा स्वत मनोनित हुने व्यवस्था रहेको छ । ६ वटा पालिकामा गठन भएका पालिका, वडा र टोल कमिटिबाट १४७ जना प्रतिनिधिबाट सर्वसम्मति रुपमा नयाँ कार्यसमिति चयन गरिएको अनेमासंघले जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष रोकाले म्याग्दी जिल्लाभित्रका महिलाको समस्या समाधान तथा महिलालाई समाजका हरेक संस्थामा प्रतिनिधित्व गर्ने गरी सक्षम र क्षमतावान बनाउने प्रतिबद्धता जनाउनुभयो।

महिलाको हक, अधिकार तथा सुरक्षाको पक्षमा निरन्तर आवाज उठाउने बताउनुभयो । सम्मेलनको अखिल नेपाल महिला संघकी केन्द्रीय कमिटीकी सचिव नरदेवी पुनले उद्घाटन गर्नुभएको थियो ।

सम्मेलनमा नेकपा एमाले गण्डकी प्रदेश सदस्य हरिकृष्ण श्रेष्ठ,खुमबहादुर बानियाँ, खरमायाँ बिटालु, नेकपा एमाले जिल्ला कमिटी म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, एमाले म्याग्दीका सचिव तथा अनेम संघ केन्द्रीय सदस्य थमसरा पुन, अनेम संघकी केन्द्रीय सदस्य दिवा कुमारी तिलिजा पुन, अनेम संघ गण्डकी प्रदेश कमिटी अध्यक्ष हिरा गिरी, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, नेकपा एमाले बेनी नगरकमिटी अध्यक्ष बेलबहादुर कटुवाल, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जिफन्टकी बलादेवी राईलगायतले मन्तव्य राख्नुभएको थियो ।

अनेम संघ म्याग्दीकी अध्यक्ष यसुदा रोकाको अध्यक्षता, उपाध्यक्ष हेमकुमारी गर्बुजाको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव विष्णु गुरुङले गर्नुभएको थियो ।