गण्डकी प्रदेशस्तरीय बास्केटबल प्रतियोगितामा पुरुषतर्फ म्याग्दीले उपाधि जितेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश बास्केटबल संघको आयोजनामा शनिबार सम्पन्न पुरुषतर्फको फाइनलमा पर्वतलाइ्र्र पराजित गदैं म्याग्दीले उपाधि जितेको हो । निर्धारित समयको खेल दुबै टिमले ६५–६५ को बराबरी स्कोर खेल्दा खेल ओभर टाइमतर्फ धकेलिएको थियो ।

ओभरटाइमको खेलमा म्याग्दी बिजयी बन्न सफल भयो । थपिएको समय ४ मिनेटमा म्याग्दी पर्वत माथी हावी बन्यो । म्याग्दीले १३ स्कोर जोड्दै आफ्नो कुल स्कोर ७८ पुर्याउँदा पर्वतले ३ स्कोर जोड्दै ६८ मा सिमित भयो । सेमीफाइनलमा म्याग्दीले स्याङजालाई ६७–४० ले पराजित गरी फाइनलमा प्रवेश गरेको थियो ।

यसैबीच महिलातर्फ स्याङजाले म्याग्दीलाई पराजित गरेको छ । स्याङजाले म्याग्दीलाई ४५–३६ ले पराजित गरी उपाधि जितेको हो । तीन दिन देखि पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा सञ्चालन भएको प्रतियोगितामा पुरुषतर्फ म्याग्दीका सुदिप कार्की र महिलातर्फ स्याङजाकी एन्जल गुरुङ मष्ट भेलुएबल प्लेयरा घोषित भएका थिए । उपाधि बिजेता टिम म्याग्दी र स्याङजाले समान नगद रु ६०–६० हजार नगद र उपविजेता पर्वत र म्याग्दीले समान नगद रु ४०–४० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेका छन् ।प्रतियोगितामा महिलातफै ६ र पुरुषतर्फ ८ टिम गरी कुल १४ टिमको सहभागिता रहेको थियो ।

Leave a Reply