म्याग्दीको बेनीमा जारी प्रथम म्याग्दी जिल्ला क्रिकेट लिग प्रतियोगिताको उपाधी बेनी नगरपालिका–२, बगरफाँटस्थित रिभरसाइड यूवा क्लव बगरफाँटले जितेको छ। शनिबार खुल्लामञ्चमा सम्पन्न भएको फाइनलमा रत्नेचौर क्रिकेट समुहलाई २ रनले पराजित गर्दै रिभरसाइडले उपाधी जितेको हो ।

टस जितेर पहिल व्याटिंग गरेको रिभरसाइडले दिएको १४४ रनको लक्ष्य रत्नेचौरले ओभर खेल्दै १४१ रन बनाएको थियो। प्रतियोगितको सर्वाधिक विकेट–टेकर सचिन कार्की र नेत्र रिजालले ७ विकेट लिएका छन्। सर्वाधिक रन बनाउने ब्याट्सम्यानमा आकाश कर्म र प्लेयर अफ द सिरिजमा बालकृष्ण रोका रहेको जिल्ला क्रिकेट संघ म्याग्दीका अध्यक्ष प्रविण पौडेलले बताए ।

‘अब नियमित प्रतियोगिता हुन्छ, यसपटक हामीले धेरै मायाँ पाएका छौ’ अध्यक्ष पौडेलले भने । उनका अनुसार म्याग्दीमा नियमित वन डे, लिग तथा टी-२० शृंखलाहरुका लागि खेलकुद तथा सरोकारवाला निकायबाट समेत सहयोग आवश्यकता रहेको बताए । उपाधी विजेता रिभरसाइडले ट्रफीसहित नगद १५ हजार रुपैयाँ पाएको छ भने उपविजेता रत्नेचौरले ट्रफीसंगै नगद १० हजार रुपैयाँ पाएको छ। प्रतियोगितामा म्याग्दी क्रिकेट क्लब, रिभरसाइड बगरफाँट दोश्रो, रत्नेचौर क्रिकेट समूह तेश्रो र बेनी नगरपालिले भाग लिएका थिए ।

Leave a Reply