---Advertisement---

प्यान म्याग्दीको अध्यक्षमा ज्ञानप्रकाश माविका प्रधानध्यापक शान्त नेपाली चयन

On: May 26, 2024 8:49 AM
Follow Us:

सामुदायिक विद्यालयका प्रधानध्यापकको छाता संगठन प्रधानाध्यापक संघ नेपाल (पान) म्याग्दीको अध्यक्षमा शान्तबहादुर नेपाली सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार सदरमुकाम बेनीस्थित प्रकाश माविमा सम्पन्न भएको अधिवेशनबाट उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित ज्ञानप्रकाश माविका प्रधानध्यापक नेपालीको नेतृत्वमा उपाध्यक्ष गगादेबि शर्मा ढुंगाना(बागेश्वरी आबि), सचिब खिम बहादुर जुग्जाली (मालिका आबि) सहायक सचिब अन्जना खत्री (ज्ञानोदय आबि) कोषाध्यक्ष दुत बहादुर गर्बुजा (महादेव माबि) रहनुभएको छ ।

समितिको सदस्यहरुमा शुक बहादुर गर्बुजा (नार्च्याङ आबि) सुनिता बरुवाल गिरी (पोखरेबगर आबि) गोबिन्द थापा (सर्बोदय माबि) बिजय शर्मा (ज्ञानोदय माबि).कुशुम कुमारी पुर्जा(कालिका माबि) मनोज पौडेल (जड्भरत शालिग्राम माबि) भोज बहादुर जिसी (जयन्ती माबि)सरस्वती नेपाली (हंशबाहिनी आबि) मन बहादुर रोका (जनकल्याण शिशु स्याहार आबि) तिर्थ प्रसाद फगामी (प्रतिनर्मा आबि) सितादेबि राना (जनकल्याण आबि) रहेका छन् ।

त्यसैगरी सस्तबिर आले (राम्चन्द्र माबि) मुना कुमारी बिक सुनार (शारदा आबि) अम्बिका आचार्य पौडेल (सरस्वती आबि) अबिर गर्बुजा (देउराली आबि) छेम प्रसाद गर्बुजा (सरस्वती आबि) भिमसेन बस्याल (मालिकादेबी आबि) रेशमलाल सापकोटा  (किसानी आबि) पुर्ण बहादुर भण्डारी (धन जनता मावि) रहेको अध्यक्ष नेपालीले जानकारी दिनुभयो ।

समितिको सल्लाहकारमा जङ्ग बहादुर गर्बुजा (किसानी माबि) रमन पुन (हिमान्चाल माबि).खगेन्द्र सापकोटा (शारदा माबि) चन्द्रमणी पौडेल (थाकनपोखरी आबि) तारादेबी चोखाल (राष्ट्रिय मावि)लाई चयन गरिएको छ।

सोही अवसरमा प्यान गण्डकीका उपाध्यक्ष लेखबहादुर हमाल, सदस्य रमेशसिंङ ठकुरी, सल्लाहकार रमन पुन, जंगबहादुर गर्बुजाले गैरराजनीतिक, सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई संगठित गरी ज्ञान, सीप र क्षमता अभिबृद्धि गर्दै पेशागत रुपमा आइपर्ने समस्या र समाधानका लागि अनुभव र असल अभ्यासको आदानप्रदान गर्ने संस्था भएकाले जिल्लाभित्रका सबै विद्यालय आवश्यक रहेको बताउनुभएको थियो ।

नवनिर्वाचित अध्यक्ष नेपालीले प्यान साझा,गैरराजनीतिक, गैरनाफामूलक र विशुद्ध व्यवसायिक संस्था भएकाले एक बलियो संस्थाको रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाउनुभयो ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।