म्याग्दी जेसीजले आयोजना गरेको २० औं जिल्लास्तरीय अन्तर मावि रनिङ कप लोक नृत्य प्रतियोगितामा माउण्ट एभरेष्ट आवासीय मावि प्रथम भएको छ । शनिबार नेपाल भाषा मंकाःखलको भवनमा सम्पन्न भएको प्रतियोगितामा बेनी सामुदायिक मावि दृतिय, प्रकाश मावि तृतिय भएको म्याग्दी जेसीजका मिडिया म्यानेजर कपिल बानियाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय हुनेलाई क्रमश १५ हजार, ९ हजार, ६ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रमुख अतिथि बेनी नगरपालिकाका मेयर सुरत केसीले वितरण गर्नुभयो । म्याग्दी जेसीजको जेसिज सप्ताह अन्तर्गतको चौंथो दिनको कार्यक्रमको उद्घाटन गदैं मेयर केसीले बालबालिकाको अन्तरनिहित क्षमताको पहिचानमा प्रतियोगिताको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

प्रतियोगितामा १२ वटा बिद्यालयको सहभागिता रहेको थियो । शाखा अध्यक्ष दिनेश बानियाँको अध्यक्षता, म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ, पूर्वअध्यक्ष, पदाधिकारीको सहभागिता रहेको थियो ।

जेसीज सप्ताहका मुल संयोजक दिनेश बिश्वकर्माको स्वागत, साधारण सदस्य डेकमाया केसिको आस्था पाठ रहेको कार्यक्रमको संचालन कार्यक्रम संयोजक तथा म्याग्दी जेसिजका कार्यकारिणि उपाध्यक्ष अमिर श्रेष्ठको र प्रतियोगिता तथा समापन कार्यक्रमको संचालन महासचिव सज्जन श्रेष्ठले गर्नुभएको थियो । प्रतियोगिताको मुख्य प्रायोजकरोहित भट्टचन स्मृति कोष रहेको र सहयोगी संस्था सामाजिक बिकास कार्यालय बेनी रहेको म्याग्दी जेसीजले जनाएको छ । डिके पुन संयोजकत्व,गोकुल सुनार,बिश्वास बिश्वकर्माले निर्णायकको भुमिका गर्नुभएको थियो ।

Leave a Reply