बाबुछोरा नै क्रिकेट खेलाडी !

0
13

म्याग्दीको बेनी नगरपालिका-२,कोप्रेका ४८ बर्षिय बालकृष्ण रोकाले शनिबार सदरमु्काम बेनीस्थित खुल्लामञ्चमा सम्पन्न भएको प्रथम म्याग्दी जिल्ला क्रिकेट लिग प्रतियोगिमा रिभरसाइड यूवा क्लव बगरफाँटबाट रत्नेचौर क्रिकेट समुहमाथि दुई रनको झिनो रोमाञ्चक जितका लागि निर्णायक बन्न सफल भए । उनले चार खेलमा ९ छक्का, ११ चौका प्रहार गरे भने फाइनलमा २ छक्का र ४ चौका प्रहार गरेका थिए ।

रोकाले लिग खेल अवधिभर १ सय २० रन जोड्न सफल भए । प्रतियोगितामा प्लेयर अफ द सिरिज घोषित भएका रोकाको खेल देखेर युवा खेलाडी समेत दंग परेका थिए ।उमेरले ५ दशक नजिक पुगेका रोका उत्कृष्ट ब्याटिङ र बलिङ गर्छन् । भारतीय सेनाबाट अवकाश प्राप्त भएपछि गृहजिल्ला फर्किएका रोका भारतमा हुदाँ नियमित क्रिकेट खेल्ने गरेका थिए ।

म्याग्दीमा नियमित रुपमा क्रिकेट खेल नहुदाँ क्रिकेट खेलमा रुची रहेका खेलाडीहरू ओझेलमा परेको महसुस गरेका रोकाले आफ्ना छोरा आयुषलाई क्रिकेट खेलमा जोड्ने प्रयास गरे । शारीरिक रूपमा फुर्तिलो, नियमित अभ्यास गर्ने रोकाले छोरालाई समेत क्रिकेट खेलमा आर्कषित गरेपछि पहिलोपटक बाउछोरा रिभरसाइड यूवा क्लवबाट लिग खेलेका छन् ।

आयुषले खेलअवधिभर ८५ रन बनाए्र । ‘क्रिकेट खेलमा यूवापुस्ताको आर्कषण बढाउन खेल खेलेको थिए, मेरो खेलबाट यूवा खेलाडीमा उर्जा थपिएको छ, अब म्याग्दीमा क्रिकेट खेलको प्रर्बधनमा लाग्छु’ रोकाले बेनीअनलाइनलाई भने ।

उनले म्याग्दीमा क्रिकेट खेलको सम्भावना रहेकाले अब अवकाशपछिको दिनहरू क्रिकेट खेलको प्रर्बधनमा केन्द्रित गर्ने सोच सहित पहिलोपटक म्याग्दीमा आयोजित लिग खेलमा सहभागि भएको बताए ।

उनले नेपालले क्रिकेटमा अन्तर्राष्ट्रिय प्रतियोगितामै उत्कृष्ट प्रर्दशन गरिरहेको अवस्थामा म्याग्दीमा लुकेका खेलाडीको प्रतिभा पहिचान गरी नियमित अभ्यास गरेमा राष्ट्रियस्तरका खेलमा समेत सहभागि हुने सम्भावना रहेको बताए । उनले छोरासँगै प्रतियोगितामा सहभागि भएर जिल्लामा रहेका क्रिकेट खेलाडीको हौसला बढाउन सफल भएको समेत बताए ।

एक छोरालाई पढाइसँगै खेलकुदलाई पनि सँगसँगै लैजाने सोचमा रहेका बालकृष्णले पढाई र खेलकुद दुवै भएमा मात्र भविष्यमा केही गर्न सकिने बताउँछन् । जिल्ला क्रिकेट संघ म्याग्दीका अध्यक्ष प्रविण पौडेलले बुबाछोरा नै क्रिकेट खेलाडीको रुपमा देख्दा निकै उत्साहित भएको बताउँदै जिल्लाको क्रिकेटमा यो महत्वपूर्ण उपलब्धी भएको बताउँछन्।

उनले बालकृष्ण रोका आफु र आफ्नोको मात्रै हैन, क्रिकेट खेलाडीको सफलताका पनि उत्प्रेरक भएको बताए । अब म्याग्दीमा म्याग्दीमा नियमित वन डे, लिग तथा टी–२० नियमित हुने गरी अनुभवी खेलाडीहरुको साथ र सहयोगले सहज भएको । जिल्ला क्रिकेट संघ म्याग्दीले जनाएको छ ।