म्याग्दी जेसीजको मेरो बिद्यालय अन्तर्गत आँखा स्वास्थ्य सचेतना तथा निःशुल्क आँखा जाँच कार्यक्रमा बेनी नगरपालिका –५, भिरमुनि अवस्थित पौलस्त्य माबिमा आयोजित आँखा स्वास्थ्य सचेतना तथा निःशुल्क आँखा जाँचमा १ सय विद्यार्थी र शिक्षक लाभान्वित भएका छन् ।

२६ औं स्थापना दिवसको अवसरमा आयोजित जेसिज सप्ताहको अवसर आयोजित शिविरमा ३ जना बिद्यार्थीमा दृष्टि भ्रमको समस्या भेटिएको थियो । आँखमा समस्या देखिएका विद्यार्थीलाई नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दी मार्फत हिमालय आँखा अस्पताल पोखराद्वारा निःशुल्क चस्मा उपलब्ध गराईने म्याग्दी जेसीजका मिडिया म्यानेजर कपिल बानियाँले बताए ।

नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दीका सभापति अमर बानियाँको प्रमुख आतिथ्यता, पौलस्त्य माबिका प्रधानाध्यापक प्रेम बानियाँको बिशिष्ट आतिथ्यता रहेको थियो ।

नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र बेनिका प्रमुख नेत्र अधिकृत समेत रहेका शाखा अध्यक्ष दिनेश बानियाँद्वारा विद्यार्थी तथा शिक्षकलाई आँखा स्वास्थ्य सचेतना स्वरुप कसरी आँखाको दृष्टि लाई सुरक्षित राख्न सकिन्छ ? भन्ने बारेमा जानकारी समेत दिएका थिए ।

Leave a Reply