म्याग्दीको बेनी नगरपालिका वडा नं १० मा कला, संस्कृति संरक्षण गर्नका लागि मादल बजाउने  एक हप्ते मादल बजाउने सिप तालिम शुरु भएको छ ।आज आइतबार देखि शुरुभएको तालिमको वडा नं १० का सदस्य निर्मला मल्लले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै मल्लले अहिले महिलाहरुलाई गाउँ घरमा भजन किर्तन लगायत अन्य मनोरन्जनात्मक कार्यक्रम र अवसरमा मादल बजाउन जान्ने महिलाको अभाव भएकोहुँदा यो तालिमले महत्वुर्ण भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै वडा सचिव रमेश जि सी.ले तालिमको सहि सदुपयोग हुनेकुरामा आफु बिश्वस्त रहेको र यस्ता खालका प्रभावकारी काममा वडाले बजेट उपयोग गर्दै आएको बताउनुभयो ।

तालिमका प्रशिक्षक कृष्ण जिसीले पछिल्लो समय सांस्कृतिक बाजा मादल सिक्न चाहने धेरै रहेको र यसले सिपको हस्तान्तरण हुदै जाने र हाम्रो समाजको मौलिक बाजा मादल संरक्षण हुदै जाने विश्वास ब्यक्त गर्नुभयो । पात्लेखेत सामुदायिक सिकाइ केन्द्रको आयोजनामा र बेनी नगरपालिकाको सहयोगमा संचालन भएको तालिममा वडा नं १० का आयआर्जन महिला समुह र आमा समुहका २८ जना महिला सहभागी रहेका छन् ।

तालिम जेठ १९ गते सम्म संचालन हुनेछ । सात दिन सम्म संचालन हुने तालिमको उद्घाटन कार्यक्रम सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष निर्मला बरुवालको अध्यक्षता वडा नं १० का सदस्य निर्मला मल्लको प्रमुख आतिथ्यता, गोमा के.सी.को स्वागत र सामुदायिक सिकाइ केन्द्रका परिचालक गीता रकाल (मल्ल)को संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply