गणतन्त्र दिवसको अवसर पारेर बेनी नगरपालिका ४ सिंगा मा बृहत स्वास्थ्य शिबिर हुने भएको छ । दर्शन फाउण्डेशन र नेपाल रेडक्रस सोसाइटी, सिंगा उपशाखा, म्याग्दीको संयुक्त आयोजना तथा युनाइटेड रेफरेन्स ल्याबोरेटरी, पोखरा र बेनी अस्पताल, म्याग्दीको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर हुन लागेको हो । गणतन्त्र दिवसको अवसरमा जेठ १५गते सिंगामा सिविरको आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटि सिंगा उपाखाका सभापति सुमन बानियाँले जानकारी दिनुभयो ।

विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आइ रहेको दर्शन फाउण्डेशनले स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको जनाएको छ । फाउण्डेसनले सिंगामा गर्ने स्वास्थ्य शिविरमा पेट, छाती, मुटु, मधुमेह तथा थाइराईड सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्ने जनाएको छ । त्यस्तै स्त्री तथा प्रसूती रोग सम्बन्धी विशेषज्ञ सेवाका साथै जनरल तथा ल्याप्रोस्कोपीक सेवापनि शिविरमा प्रदान गरिने छ । हाड, जोर्नी, नशा तथा बाथ रोग सम्बन्धी विशेषज्ञ सेवा तथा मधुमेह, रगतमा हुने खराब बोसो, युरिक एसिड सम्बन्धी रक्त एवं पिसाब परीक्षण समेत सिंगामै गरिने भएको छ । परिक्षण गरिएका बिरामीहरुलाइ आवश्कय सबैजसो औषधि निःशुल्क वितरण गरिने जनाइएको छ ।

जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा आयोजना हुने शिविरमा बिहान ७ बजे देखि दिउँसो २ बजेसम्म नाम दर्ता गर्न पाइने छ । स्थित धौलागिरी माविमा हुने शिविरमा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका पेट छाती तथा मुटुरोग बिशेषज्ञ डा कृष्णराज अधिकारी, वरिष्ठ हाड, जोर्नी, नशा तथा बाथ रोग डा सरोजचन्द्र दाहाल, जनरल तथा ल्याप्रोस्कोपीक सर्जन डा विराट शर्मा, मेडिकल अफिसर डा राज गुरुङले सेवा दिनुहुने छ । त्यस्तै बेनी अस्पतालकी निमित्त मेडीकल सुपरीटेण्डेन्ट एवम् स्त्री तथा प्रसुती रोग विशेषज्ञ, डा अन्जु थापा, मेडिकल अफिसर डा रामु सापकोटालगायतले सेवा प्रदान गर्नु हुनेछ ।

Leave a Reply