युवा संघले देशको खेलकुद क्षेत्रलाई अगाडी बढाउनका लागि फरक तबरले योगदान दिएको राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले बताउनुभएको छ ।

रािष्ट्रय युवा संघ म्याग्दीले आयोजना गरेको पाँचौं भलिबल प्रतियोगिता तथा गण्डकी प्रदेश भित्रका पालिका स्तरीय प्रथम म्याग्दी युवा कप–२०८१ को उद्घाटन गर्दै उहाँले युवा संघले खेल क्षेत्रकालागि फरकफरक खेल आयोजना गर्दै आएको स्मरण गराउनु भएको थियो ।

उहाँले भन्नुभयो–‘केपी ओली कप फुटबल तथा क्रिकेट प्रतियोगिता राष्ट्रिय स्तरमा गर्दै आएको र जिल्ला तहमा पनि विभिन्न खेल बिधामा युवा संघले प्रतियोगिता अयोजना गर्दै आएको छ ।’ हालै केपी ओली कप फुटबल तथा क्रिकेट सकेको तथा नेकपा एमालेको जनवर्गिय संगठनहरुले नै पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता पनि अयोजना गर्ने गरेको स्मरण गराउनु भएको थियो ।

राष्ट्रिय युवा संघले आयोजना गरेको सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता सोमबार बेनीमा उद्घाटन् भएको हो । गण्डकी प्रदेश भित्रका पालिका स्तरीय पुरुष भलिबलमा पहिलो हुनेले दुई लाख, दोश्रो हुनेले एक लाख २० हजार, तेश्रो हुनेले ५० हजार र चौथोले २५ हजार रुपियाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै खुल्ला महिला भलिबलमा पहिलो हुनेले ८० हजार, दोश्रोले ४०, तेश्रोले २० तथा चौथो हुनेले १० हजार नगद सहित मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने राष्ट्रिय युवा संघ म्याग्दीका अध्यक्ष विजय घर्तीले जानकारी दिनुभयो ।

उद्घाटन सत्रको कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । युवा संघका अध्यक्ष बिजय घर्तीको अध्यक्षता, सचिव सुसन किसानको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष प्रदिप तिलिजाले स्वागत गर्नुभएको थियो ।

Leave a Reply