साउथ वेस्ट नेपाली समाज यूकेको अध्यक्षमा किसान जिसी

साउथ वेस्ट नेपाली समाज यूकेको दोस्रो अधिवेशनबाट म्याग्दी बेनी नगरपालिका-६, छापका किसान जिसीको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

बेलायतको साउथ वेस्टमा बसोबास गर्ने साझा संस्था समाजको बरिष्ठ उपाध्यक्ष किशोर जिसी, उपाध्यक्षद्धय गंगा सापकोटा,राजन घले महिला उपाध्यक्ष शोभाना पोख्रेल,महासचिव लोकेन्द्र खड्का,सचिव डेविट बानियाँ,कोषाध्यक्ष मुक्ति खरेल,सह–कोषाध्यक्ष शम्भु पाण्डे,महिला संयोजक प्रतिमा ओली, यूथ संयोजक बिराज रेग्मी,सह–संयोजक रुशा कार्की रहेका छन् ।

कार्यसमितिको सदस्यहरुमा अर्जुन कुँवर, कमल दाहाल, कृष्ण रायमाझी, सन्तोष ढकाल, नमस केसी, राम थापा, मनोज पोख्रेल, प्रकाश आचार्य,एकराज तामाङ, पिके क्षत्री, प्रविण शर्मा र राज ढल्लाकोटी निर्वाचित भएको अध्यक्ष जिसीले बताए ।

समाजको संरक्षक पूर्व अध्यक्ष दिपक ढकाल, डा. भरत श्रेष्ठ, डा. ललित हमाल रहेका छन् भने सल्लाहकारमा माधब हुमागाई, हेमकान्त सेडाई, अमृत सेडाई, दिपक गिरी, धिरेन्द्र श्रेष्ठ, सुरेस केसी, सनि अधिकारी, राजेन्द्र कुवँर, श्रीराम खरेल, हरि काराखेती, गणेश ओझा, भरत थापालाई चयन गरिएको छ । अधिवेशनको पूर्व काउन्सिलर शाज सिंहले उद्घाटन गदैं नेपालीहरुको एकता र सहकार्यबाट उत्साहित भएको बताए ।

सोही अवसरमा संंस्थापक अध्यक्ष दिपक ढकाल,डा. ललित हमाल, डा.भरत श्रेष्ठ, अमृत सेडाइ, माधब हुमागाईले संस्थामार्फत भइरहेका रचनात्मक कार्यहरुको प्रशंसा गदैं आगामी दिनमा समेत साथ र सहयोग रहने बताए ।

सन् २००८ मा स्थापना भएको समाजमार्फत जन्मभूमि नेपालमा विभिन्न क्षेत्रमा सहयोग गरिएको छ । समाजको ननिर्वाचित अध्यक्ष जिसीले आफ्नो कार्यकालमा साउथ वेस्टमा बसोबास गर्ने धेरै नेपालीलाई संस्थागत गतिविधिमा आवद्ध हुने गरी काम गर्ने बताए । उनले समाजको शीर उच्च हुने गरी अग्रज, कार्यसमितिका सहकर्मीहरुको सहयोगमा काम गर्ने बताए ।

Previous articleगण्डकीका मुख्यमन्त्री अधिकारी पदमुक्त, पाण्डेलाई नियुक्ति गर्न परमादेश
Next articleप्रभुचेला धुरीमा ४ सय बोट धुपी र गुराँस रोपियो
हरिकृष्ण गौतम
हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।