महिनावारी हुँदा महिला ट्राफिक प्रहरी सडकमा नखट्ने, मापसे गर्नेलाई स्वयमसेवक बनाइने

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

गृहमन्त्री रवि लामिछानेले महिनावारी भएको समयमा महिला ट्राफिक प्रहरीहरुले ड्युटी गर्न नपर्ने व्यवस्था मिलाइएको जनाएका छन् । त्यसको साटो मापसे गरी ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रुपमा सडकमा सघाउने छन् ।लामिछानेले यो जानकारी सामाजिक सन्जालमार्फत् दिएका हुन् ।

गणतन्त्र दिवसको अवसरमा सानो प्रयास गरिएको भन्दै लामिछानेले लेखेका छन्, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ ।’

Previous articleनदीले बगाएर बेपत्ता भकिम्लीका आले अझै भेटिएनन
Next articleगणतन्त्र स्थापनाको १७ औं वर्ष : जनताका अपेक्षा अपूरै