---Advertisement---

म्याग्दी क्याम्पसका विद्यार्थीले भने,‘व्यवस्था परिवर्तन भयो,अवस्था परिवर्तन भएन ’

On: May 28, 2024 10:08 PM
Follow Us:

१७ औं गणतन्त्र दिवसको अवसरमा म्याग्दी बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा गणतन्त्रको औचित्य र कार्यशैलीप्रति विद्यार्थीले चासो ब्यक्त गरेका छन् ।

दिवसको अवसरमा संघीय लोकतान्त्रिका गणतन्त्र नेपाल, कति सार्थक, कति निरर्थक भन्ने विषयमा आयोजित बादबिवाद कार्यक्रममा गणतन्त्र स्थापना भएको डेढ दशक पूरा भएपनि शिक्षा, स्वास्थ्य, रोजगार, विकास, अवसरका क्षेत्रमा परिवर्तनको अनुभुती हुन नसकेको विद्यार्थीको भनाई थियो ।

नेपालीहरूले गणतन्त्रको सपनामा निरंकुश राजतन्त्रको बहिर्गमन गरेपछिको अवस्थामा जनताको घरदैलोमा पुग्दा उनीहरूको अपेक्षालाई हालका दलहरूले पूरा गर्न नसकेको असन्तुष्टि प्रशस्त भेटिने गरेको अवस्थामा ‘व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्दै विद्यार्थीले अस्थिर राजनीति, राज्य सत्ताको चरम दुरुपयोग र दोहनबाट आम जनसमुदायको ब्यवस्था परिवर्तनपछि पनि प्रसस्तै गुनासो रहेको बताएका थिए ।

प्रतियोगितामा सहभागि अधिकाँस विद्यार्थीले जनताको बलमा परिवर्तन भएको ब्यवस्था नेताहरुको परिवार तथा पहुँचवालाहरुको रजाँईले जोखिममा पर्न सक्ने अवस्था आएको भन्दै खवरदारी गरेका थिए ।

प्रतियोगितामा १५ जना विद्यार्थीको सहभागिता रहेकोमा प्रथम बिएड प्रथम बर्षकी रितिका खड्का, द्धितिय बिबिएस प्रथम बर्षका मन्जुर कटुवाल, तृतिय बिएड तृतिय बर्षकी सिमा शर्मालाई क्याम्पस प्रमुख श्रीधर सुबेदीले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप संयोजक नारायण पौडेलले गर्नुभएको थियो