म्याग्दी जेसीजको २६ औं स्थापना दिवसको अवसरमा आयोजित जेसीज सप्ताह समापन गरिएको छ । सप्ताहको अन्तिम दिन बेनी नगरपालिका–७ अवस्थित सचिवालय समापन तथा पुरस्कार बितरण कार्यक्रम गरिएको छ ।

शाखा अध्यक्ष दिनेश बानियाँको अध्यक्षता, म्याग्दी जेसीजका पूर्व अध्यक्ष एवम् नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष धनञ्जय कुमार श्रेष्ठको प्रमुख आतिथ्यतमा आयोजित समापन कार्यक्रममा म्याग्दी जेसीजका पूर्व अध्यक्ष विनय श्रेष्ठ, बागलुङ जेसिजका पुर्व अध्यक्ष तथा नेपाल जेसिजका पुर्व कानुनी सल्लाहकार सुदिप राजभण्डारीको बिशिष्ट आतिथ्यतामा निबन्ध लेखन प्रतियोगितामा प्रथम,द्वितीय,तृतीय स्थान हाँसिल गर्ने क्रमशः प्रकाश माबि.लिटिल गार्डेन एकेडेमी, बेनी सामुदायिक माबि र न्यु वेस्ट प्वाइन्ट आवासीय माबिका छात्र तथा छात्रालाई पुरस्कार वितरण गरिएको थियो ।

म्याग्दी जेसिजका वरिष्ठ कार्यकरीणी उपाध्यक्ष तथा जेसिज सप्ताहका मुल संयोजक दिनेश बिश्वकर्माको स्वागत,साधरण सदस्य सुनिता श्रेष्ठको आस्था पाठ रहेको कार्यक्रमको संचालन कार्यक्रम संयोजक तथा महासचिव जेसि सज्जन श्रेष्ठले गरेको मिडिया म्यानेजर कपिल बानियाँले बताए ।

Leave a Reply