प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले म्याग्दीको धवलागिरी गाउँपालिका-२,लम्सुङमा मृत्यु दाबी भुक्तानी गरेको छ । स्थानीय मिता कुमाइ सिर्पाली कम्पनीसँग जीवन बीमा गरेकोमा उनको मृत्युपछि श्रीमान सोमबहादुर सिर्पालीलाई एक कार्यक्रम गरी रकम भुक्तानी गरिएको हो ।

१० लाखको लोकप्रिय धन फिर्ता जीवन वीमालेख खरीद गरेकी सिर्पालीलेचार किस्तामा १ लाख ५३ हजार ८८० रुपैयाँ तिरेकोमा मृतकको परिवारलाई दोब्बर भुक्तानी अन्तरगत २१ लाख ४५ हजार चेकमार्फत हस्तान्तरण गरिएको शाखा प्रबन्धक रामजी आचार्यले बताए ।

उनका अनुसार उक्त दाबी भुक्तानी वडा अध्यक्ष अकप्रसाद विक, धवलागिरी गाउँपालिकाकी संस्थापक अध्यक्ष थमसरा पुनमगरले हस्तान्तरण गदैं बिमाको महत्वका बारेमा समेत चर्चा गरिएको थियो ।

उक्त रकम १ छोरा र १ छोरीको शिक्षादीक्षामा खर्च गरिने छ । बिमाकर्ताको निमोनियाका कारण रगतमा संक्रमण फैलिएर मृत्यु भएको थियो। म्याग्दीमा मृत्यु दाबी भुक्तानीका लागि अनुरोध भएकोमा आवश्यक प्रकृया पूरा गरी छिटो पिडितका परिवारलाई भुक्तानी गर्नेमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी अगाडी छ ।

Leave a Reply