---Advertisement---

मोना फेस्टिवलको आम्दानी खर्च सार्वजनिक,साढे ४३ लाख येन बचत

On: June 3, 2024 10:05 AM
Follow Us:

म्याग्दीलाई चिनाउन जापानमा आयोजित जापानको राजधानी टोकियोमा गत अप्रिल २७ र २८ तारिख सम्पन्न मोना इताबासी फेस्टिवलको आम्दानी खर्च विवरण सार्वजनिक भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा सम्पन्न मोना इताबासी फेस्टिवलमा नेपाली कला, संस्कृति, परम्परा र जनजिवनलाई झल्काउने कार्यक्रम विभिन्न साँगेतिक तथा साँस्कृतिक कार्यक्रम समावेश गरिएको थियो ।

मोना जापानका प्रवक्ता कमल बानियाँद्वारा प्राप्त जानकारी अनुसार मोना जापानले टोकियोमा पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रमको आम्दानी खर्च विवरण सार्वजनिक गरेको हो । मोना फेस्टिवलमा कुल ९४ लाख ७२ हजार ८३२ येन आम्दानी , ५१ लाख २४ हजार ४९२ खर्च र ४३ लाख ४८ हजार ३४० येन बचत भएको जनाइएको छ । त्यसैगरि उक्त मोना फेस्टिवलको रु ७ लाख ८९ हजार येन उठ्न बाँकी रहेको मोना जापानले जनाएको छ ।

कार्यक्रममा कार्यक्रमको आम्दानी खर्च विवरण सार्वजनिक गर्नुको साथै कार्यक्रमको समिक्षा, कार्यक्रम सफल पार्न सहयोग गर्नेहरुलाई धन्यबाद ज्ञापन सहित आगामी कार्ययोजना समेत सार्वजनिक गरिएको छ ।

जुन तारिख आईतबार टोकियोमा, मोना जापानका अध्यक्ष विशाल केसीको अध्यक्षता र मोना अन्तराष्ट्रियका अध्यक्ष ददिवल खड्काको प्रमुख आतित्यथामा भएको कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष नविन न्यूरेको समेत सहभागीता रहेको थियो ।कार्यक्रममा मोना जापानका सल्लाहकार तिलक मल्लले कार्यक्रमको उदेश्यमाथि प्रकाश पारेका थिए भने कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्धारा आयव्यय विवरण सार्वजनिक गरिएको थियो ।

मोना फेस्टिबलले म्याग्देलीको एकता र सहकार्य झल्किनुका साथै जापानमा नेपालको कला र संस्कृति, उत्पादन र पर्यटन क्षेत्रको प्रचारप्रसार भएको मोना अन्तराष्ट्रियका अध्यक्ष ददिवल खड्काको भनाई छ ।  त्यसैगरि बरिष्ठ उपाध्यक्ष गणेश श्रेष्ठले स्वागत र महासचिव सागर कार्कीले कार्यक्रमको सञ्चालन गरेका थिए ।कार्यक्रममा गण्डकी प्रदेशका महिला खेलाडी सस्मी पुन, मानिष तिलिजा पुन र जिल्ला स्तरीय खेलाडी डिमा पाईजा पुनलाई सम्मान पत्रले सम्मान गरिएको थियो।