आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस । ‘समानता समाजको निर्माण हाम्रो लक्ष्य, जातीय छुवाछुत प्रथाको पूर्ण अन्त्य’ भन्ने नारासहित देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ ।

दिवशको राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख लगायतले शुभकामना दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

वि.सं. २०६३ साल जेठ २१ गतेका दिन नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष २१ जेठलाई ‘जतीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’का रूपमा मनाइँदै आएको छ।

दिवशको अवसरमा संघीय राजधानी काठमाडौंसहित पर्यटकीय एवं गण्डकी प्रदेशको राजधान पोखरामा पनि विविध कार्यक्रको आयोजना गरिएका छन् । पोखरामा प्रभातफेरीसहितका कार्यक्रम भएका छन् ।

प्रभातफेरी, सम्मान तथा अन्तरक्रिया कार्यक्रमसहित यो दिवश मनाइँदैछ । पोखराको मानवअधिकार चोकबाट सुरु प्रभातफेरी न्युरोड हुँदै पोखरा सभागृह हलमा पुगेर सभामा परिणत हुँदैछ । सभालाई गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापा, सांसदहरु फडिन्द्र देवकोटा, नन्दकला नेपाली र सरस्वती गुरुङसहित विभिन्न अधिकारकर्मीहरुले सम्बोधन गर्दैछन् ।

प्रभातफेरीमा जातीय विभेद अन्त्य गरौं । महिला हिंसा अन्त्य गरौं । कानुनी शासन कायम गरौं लगायतका नारा अंकित प्लेकार्ड बोकेका थिए । दलित महिलासंघ कास्कीको ओजना अनि समाजिक विकास तथा स्वास्थ्यमन्त्रालय र पोखरा महानगरापालिकाको सामाजिक विकास महाशाखाको सहयोगमा कार्यक्रम भएको हो ।

Leave a Reply