आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा म्याग्दीको रघुगंगा गाउँपालिका-७,चिमखोला सिमडाँडाकी श्रीमान र दुई छोरा पक्राउ परेका छन् । ४३ वर्षिय विष्णु छन्त्यालको हत्याको आरोपमा श्रीमान ६० वर्षिय बलबहादुर छन्त्याल,२८ बर्षिय छोरा मोती बहादुर छन्त्याल र २३ बर्षिय भविन्द्र बहादुर छन्त्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गत जेठ १८ गते राती सुतीरहेकै अवस्थामा मृत्यु भएको भन्दै २०८१ जेठ १९ गतेमृतकका माइती पक्षले श्रीमान र उनका छोराहरुले हत्या गरेको भन्दै हत्या भएको भन्दै उजुरी दिएका थिए । श्रीमान र दुई छोरालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक(इन्सपेक्टर) राजन रायमाझीले बताए ।

‘घटनाको अनु्सन्धान भइरहेको छ, शरीरमा चोटपटक देखिन्छ’ रायमाझीले भने । घटनास्थलमा पुगेर प्रारम्भीक अन्ुसन्धानको क्रममा २०८१ जेठ १९ गते साँझ नियन्त्रणमा लिएर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ। मृतकको सवको पोष्ट मार्टम २०८१ जेठ २१ गते बेनी अस्पतालमा भएको बेनी अस्पतालले जनाएको छ ।्

Leave a Reply