म्याग्दी प्रवासी नेपाली संघ मोना (फ्रान्स)ले सहयोगदातालाई सम्मान तथा बारबिक्यू कार्यक्रमको आयोजना गरेको छ । लामो समयसम्म मोनाका अभियानमा साथ दिएका चितवनका अमर बहादुर भण्डारी, लक्ष्मी भण्डारीलाई कदरपत्रद्धारा सम्मान गरिएको छ ।

मोना फ्रान्सका अध्यक्ष देबेन्द्र केसीले सम्मान गदैं मोनामा अमर बहादुर दम्पत्तीको अतुलनीय योगदान रहेको बताए । ‘हामीलाई हरेक अभियानमा साथ दिनुभएको छ, उहाँसँगको सहकार्य थप फराकिलो हुन्छ’ अध्यक्ष केसीले भने ।

सम्मान कार्यक्रममा मोना फ्रान्सका निर्वतमान अध्यक्ष पदम शेरचन, सल्लाहकार मानबहादुर सेञ्चुरी, एनआरएनए महासचिव महेन्द्र अधिकारी लगायतको उपस्थिती रहेको थियो । सम्मानितको तर्फबाट बोल्दै अमरबहादुरले मोना आफ्नै घरजस्तै भएको बताउँदै भविस्यमा पनि सहकार्य गर्ने बताए ।

उनले मोना फ्रान्समा रहेका नेपाली संघसंस्थामा धेरै सक्रिय रहेको बताए । सोही अवसरमा रोजगार, ब्यापार र विभिन्न सिलसिलामा फ्रान्समा पुगेका म्याग्देलीलाई मोनामा आवद्ध भएर रचनात्मक कार्यमा सहभागि हुन समेत अपिल गरिएको थियो । सम्मान तथाबारबिक्यू कार्यक्रमको सञ्चालन सचिव बिकास केसी र सहसचिव महेन्द्र बोहोराले गरेका थिए ।

 

Leave a Reply