म्याग्दीको सदरमुकाम बेनीमा माउण्ट एभरेष्ट आवासीय माविले बढ्दो वायु प्रदुषण र यस बाट सृजित समस्या समाधानको लागि सचेतनामुलक अभियान सञ्चालन गरेको छ।

विश्व वातावरण दिवसको अवसरमा विविध सांस्कृतिक कार्यक्रम सहित सचेतना ¥याली, एवम् सरसफाइ कार्यक्रम गरी प्रदुषण न्यूनिकरणमा जोड दिदैं“प्लाष्टिकजन्य प्रदुषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ”भन्ने राष्ट्रिय नाराका साथ बिभिन्न चेतनामूलक प्लेकार्ड सहित बेनीबजारमा परिक्रममा गरिएको छ ।

विद्यालय प्राङ्गण हुँदै विरेन्द«चोक, न्युरोड, क्याम्पसचोक, कालीपुल हुँदै गणेशटोल बालमन्दिर मङ्गलाघाट क्षेत्रमा पुगेर माउन्ट भोलन्टियर्स गुप्रले बाटोमा रहेका प्लाष्टिकजन्य फोहोर तथा अन्य फोहोर संकलन गरी चेतनामूलक सरसफाइ अभियान समेत गरेको थियो ।

कार्यक्रममा प्रिन्सिपल मनोहरराज गोर्खाली एवम् इन्चार्ज योगेश शर्माको संयोजन तथा अन्य शिक्षक, विद्यार्थी एवम् स्वयंसेवकको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका सञ्चालक समितिका का.वा. अध्यक्ष सुविन श्रेष्ठले वायु प्रदूषणको अवस्थाबारे सचेत गराउने विद्यार्थीको अभियानमा सधै साथ हुने बताउनुभयो ।

नयाँ संविधानले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बााच्न पाउने हकलाई मौलिक हकअन्तर्गत संबिधानको धारा ३० मा राखेको छ । हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसअन्तर्गत यस वर्ष जमिनको सुरक्षा र संरक्षणलाई जोड दिइएको छ।

Leave a Reply