म्याग्दीको मंगला गाउँपालिका–२, बावियाचौरस्थित मंगला माविले ५१ औं विश्व वातावरण दिवसको अवसरमा बावियाचौर बजार सरसफाई सहित सचेतनामुलक अभियान सञ्चालन गरेको छ ।बावियाचौर बजारलाई सफा, सुन्दर र रमणीय सहर बनाउनका लागि बजार क्षेत्रमा दिवसको यूवा रेडक्रस सर्कलको आयोजनामा सरसफाइ अभियानको सुरुवात गरिएको हो।

बढ्दो शहरीकरणसँगै बावियाचौर बजारमा जथाभावी फोहोर देखिन थालेपछि विद्यालयका विद्यार्थी, शिक्षक सहितको टोलीले धुवाधुलो र प्रदूषणमुक्त बावियाचौर बनाउन लागि कुचो र झाडु बोकेर बजार सरसफाइ अभियान सञ्चालन गरिएको विद्यालयका शिक्षक करन कँडेलले बताउनुभयो । बावियाचौरलाई सधै सुन्दर, सफा बनाउने उद्देश्यअनुरूप सरसफाइ अभियानमा साथ दिने विद्यालयका प्रधानाध्यापक गम खत्रीको भनाई छ ।

‘आफ्नो घरआँगन र बजार क्षेत्र सधैँ सफा राख्नुपर्छ भनेर बजारवासीहरूलाई हौसला प्रदान गर्नका लागि विद्यार्थीले कुचो र झाडु बोकेर निस्किएका छन्, यो अभियानकै रुपमा सञ्चालन गर्न सकिन्छ‘प्रअ खत्रीले भन्नुभयो ।

डेंगु र स्क्रबटाइफसजस्ता महामारी फैलिइरहेको अवस्थामा यो सिजनमा साप्ताहिक सरसफाई अभियान सञ्चालन र आफ्नो घरआगनमा आसपासका क्षेत्रमा बजारबासीले नै नियमित सञ्चालन गर्नुपर्ने सन्देश सहितको सरसफाई अभियान सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।

Leave a Reply