“उत्तिष्ठ जागृत प्राप्य वरान्निबोधतः” अर्थात् उठ जाग र लक्ष्य हासिल नगरुन्जेलसम्म कहिल्यै नरोकिनु – उपनिषद
जब कुनै मनुष्य आफ्नो जड चेतनाबाट माथि उठ्न सक्यो भने र मानव कल्याण र परोपकार भावनाबाट जाग्न सक्यो भने उसले आफ्नो सामान्य जिन्दगीमा जति गर्न सक्छ त्यो भन्दा कैयौं गुणा उसले आफ्नो सामथ्र्य एवम् खुबी अभिव्यक्त गर्न सक्छ ।
यही खुबीका कारण उसको संघर्षको राजमार्गमा जस्तोसुकै चुनौतिका आँधीबेहरी आइपरे तापनि आफ्नो लक्ष्य हासिल नगरुन्जेलसम्म कहिल्यै नरोकिने सामथ्र्य राख्छन् ।
नविन जुग्जाली
वास्तवमा यस्ता खुबीका मनुष्यहरु नै समाजमा सराहनीय र उदाहरणीय जिन्दगी बाँचिरहेका हुन्छन् । हाम्रो समाजका यस्तै सराहनीय एवम् उदाहरणीय व्यक्तित्वको नाम हो कृष्णप्रसाद जुग्जाली ।
मलाई यतिबेला एउटा कथाको याद आइरहेको छ । महान बौद्धभिक्षु नागार्जुन एउटा गाउँमा पुगे । उनी ठूला व्यक्ति थिए, मानिसहरु उनीसित धेरै आकर्षित थिए । एउटा मानिस उनी कहाँ आयो र भन्यो, “हजुर भिखारीको भेषमा सम्राट जस्तो भएर यत्रतत्र भ्रमण गर्नुहुन्छ र म पनि हजुरसित अत्यत्नै आकर्षित भएको छु । एउटा धार्मिक व्यक्ति हुँ जस्तो लाग्दछ ।
तर एउटा अड्चन छ, मसँग एउटी गाई छ र उसलाई औधी माया गर्छु र यी गाई पनि यति सुन्दर र शान्त छ कि म यसलाई छोड्न सक्तिन । उनीसँग त्यस गाईबाहेक अरु केही थिएनन् । उसको पत्नी थिएनन्, बालबच्चा थिएनन् । तसर्थ उनी सम्पूर्ण प्रेम गर्दथे तिनै गाईसँग ।
फेरी उनलाई नागार्जुनसँग भन्न केही दहकस लाग्यो । तर फेरी प¥यो भन्ने आँट गरे । हजुरले मेरो कुरा बुझ्नुभयो होला, मेरो खाली अड्चन त्यही गाई मात्र भएको छ ती गाई पनि मलाई प्रेम गर्छ मलाई बडो फसाद परेको छ अब के गर्ने होला ।” नागार्जुनले भने, “केही जरुरत छैन, कहीं कुनै ठाउँमा जान । यदि कोही कसैसँग यसरी प्रेम गर्छ भने कहीँ नजानु जसरी छैन न त केही गर्नु नै आवश्यक छ तिमी यदी प्रेमलाई ध्यान बनाऊ र यिनै गाईको ध्यान गर ।
मान्छेले धर्म प्राप्त गर्न पुण्य प्राप्त गर्न कुनै एउटा महान सन्तको पछि लाग्नुपर्छ भन्ने केही छैन । हामीले जुन कुरासँग हाम्रो लगाव जोडिएको हुन्छ । जुन विषयसँग हाम्रो प्रेम जोडिएको हुन्छ, त्यसै कर्मलाई हामीले पूजा बनाउन सक्छौं । त्यसै कर्मलाई हामीले प्रार्थना बनाउन सक्छौं अनि त्यसै कर्मको माध्यमबाट हामी धार्मिक बन्न सक्छौं ।
हाम्रो समाजमा यस्तै एउटा व्यक्तित्व हुनुहुन्छ, जसले मानव सेवालाई, मानव कल्याणलाई र मानव परोपकारलार्इँ नै आफ्नो पुण्य कर्म बनाएका र यस पुण्य कर्मलाई नै भगवानको पूजा, भगवानको प्रार्थना बनाएका छन् । यसै पुण्य कर्म मार्फत्् नै कर्मबाट नै धार्मिक कमाएका छन् । उनै व्यक्तित्वको नाम हो कृष्णप्रसाद जुग्जाली ।
जसले श्री किसानी निम्न माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न एवम् निम्न माध्यमिक तहलाई माध्यमिक तहसम्मको स्तरोन्नतिका लागि साथै जेटिए, प्राविधिक, शिक्षालय र कृषि क्याम्पस स्थापनाका लागि अतुलनीय भूमिका निर्वाह गर्नुभएका जुग्जालीले खारा–बिम कृषि सडक निर्माण तथा बाढी पीडितहरुका लागि पुनर्बास निर्माण अर्थात् एकीकृत बस्ती निर्माणका लागि अर्थ संयोजक बनी अपूर्व सहयोगी बनेका थिए साथै विभिन्न कालखण्डमा विभिन्न संघसंस्थाहरुमा आबद्ध भई थुप्रै किसिमका सामाजिक सेवाहरु गर्दै आएका कर्मयोगी कृष्णप्रसाद जुग्जाली आजका दिनसम्म पनि उत्तिकै सक्रिय एवम् उद्धार हुनुुहुन्छ ।
जसले विद्यार्थी जीवनकालदेखि आजसम्म विभिन्न संघसंस्थाहरुमा आबद्ध भई अनवरत रुपमा सामाजिक हितका थुप्रै कामहरु गर्दै आएका छन् ।
जस्तैः बाढीपीडित, सडक बिस्तार, विभिन्न घटना तथा दुर्घटनामा परी घाइते हुनेहरुको लागि स्वास्थ्योपचार, मृगौला पीडित, क्यान्सरका रोगी लगायत धार्मिक, विकास निर्माणका लागि आर्थिक, भौतिक, नैतिक सहयोग दान र योगदान गरी थुप्रै किसिमका दुःखी पीडितहरुका लागि भाग्यदाता बनेका जुग्जालीले बिम मालिका संघ काठमाडौं अन्तर्राष्ट्रिय विभागलाई माध्यम बनाई आफ्नै सक्रिय नेतृत्वमा गोलघर ध्यान केन्द्र निर्माणार्थ रु.२५ लाख बराबरको रकम संकलन जस्तो अमूल्य सहयोग गरेर अत्यन्तै सुन्दर एवम् ऐतिहासिक कार्यको थालनी गर्नुभएको छ ।
“जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी” अर्थात् जन्म दिने आमा र जन्म भूमि स्वर्ग भन्दा प्यारो हुन्छ । यस्तै भावनाबाट अभिप्रेरित भएका जुग्जालीले समयको धेरै खण्डहरुमा आफ्नो समाजमा थुप्रै सहयोग दान र योगदान दिँदै आएका छन् । यसै बीचमा आफ्नो सँगालो नामक पुस्तक लेखी बिमको साहित्य क्षेत्रमा एक ईंटा थपेका जुग्जालीले शिक्षाको महत्व राम्रोसँग बुझेका थिए ।
फलस्वरुप वि.सं. २०८१ साल जेठ महिनामा श्री किसानी माध्यमिक विद्यालय, बिमको शैक्षिक उन्नतिमा टेवा पुगोस् भन्ने हेतुले आफ्नो स्वर्गीय बाबा आमाको स्मृतिमा स्वयं आफू र आफ्नो सहोदर दाजु दल जुग्जालीको संयुक्त पहल कदमीमा रु. पाँच लाख नगद बराबरको सञ्जीवनी अक्षयकोष समेत स्थापना गरी अनुकरणीय काम गर्नुभएको छ ।
वास्तवमा जसले आफ्नो मात्र नभई समाजको लागि पनि बाँच्न जानेको हुन्छ । यसैलाई जीवन जिउने कला भनिन्छ र जसको जीवनसँग कला जोडिन्छ उसैको जिन्दगी नै समाजको गहना बन्दछ । यस्तै समाजका एक अमूल्य गहना हुन् कृष्ण जुग्जाली।