पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानाका निर्मल पूर्जा ‘निम्स’लाई एक पत्रिकामा समाचार आएकै आधारमा प्रतिनिधिसभामा नेपालमा आउन बन्देज गर्नुपर्ने माग गरेको भन्दै म्याग्दीको सदरमुकाम बेनीबजारमा विरोध प्रर्दशन भएको छ ।

संघीय संसद्मा प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाँईले कीर्तिमानी पर्वतारोही पुर्जामाथि यौन दुब्र्यवहारको आरोप तथा दोहोरो नागरिकता प्रयोग गरेर नेपाल आउजाउ गरेको एवम हिमाल आरोहण गरेको कारण देखाउँदै नेपाल आउन रोक लगाउन माग गरेकोमा प्रयाप्त प्रमाणबिना पर्वतारोहणको क्षेत्रमा नेपाललाई चिनाउन सफल पूर्जामाथि राजनीतिक भएको भन्दै यूवाहरुले विरोध प्रर्दशन गरेका हुन् ।

अनेरास्ववियू म्याग्दीले विना प्रमाण पर्वतारोहणको क्षेत्रमा नेपाललाई चिनाउन सफल, दर्जन हाराहारीमा रेकर्ड कायम गरेका पूर्जामाथिको अनावश्यक राजनीतिक, केही ब्यवसायीको स्वार्थलाई तोड्न सरकार समक्ष ध्यानर्कषण समेत गराइएको अनेरास्ववियू म्याग्दीका पूर्व अध्यक्ष सुवास विश्वकर्माले बताए ।

‘तथ्यप्रमाणहरुको अभावमा आरोप लगाएर प्रतिबन्धको चलखेल बिरुद्ध सरकारलाई ध्यानर्कषण गराएका छौ, म्याग्देली यूवालाई ब्यापारीको स्वार्थका कारण कुनै अवरोध हुने वातावरण नबनाउन समेत सरकारी निकायसमक्ष अपिल गर्दछौ’ विश्वकर्माले भने ।

यूवाहरूले पहिलोचरणमा सांकेतिक धर्ना मात्रै दिएको जनाउँदै विदेशी पत्रिकामा विना प्रमाण अन्तरवार्ताकै आधारमा नेपाली पर्यटन क्षेत्रमा योगदान पुर्याएका आरोही पूर्जामाथि भइरहेको चौतर्फी अवरोधलाई तोड्न थप आन्दोलनका कार्यक्रमहरु समेत गर्ने जनाएका छन् ।

पर्वतारोही पूर्जाले केही महिना अगाडी मात्रै जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट एनआरएनए नागरिकता लिएका छन् । एनआरएन नागरिकता प्राप्त गरेका नेपालीले राजनीतिक बाहेक ब्यवसाय तथा आर्थिक कारोबार गर्न पाउँछन् । यता केही ब्यवसायीले आफ्नो सफलता बिरुद्ध विभिन्न माध्यमबाट निराधार र कपोकल्पित आरोप लगाउँदै आफ्नो दुष्प्रचार गरेको पूर्जाको भनाई छ ।

‘मलाई लगाएको आरोपको कुनै सत्यता छैन,‘केही पात्रहरु म बिरुद्ध निरन्तर लागेको नतिजा हो, म कानुनी उपचारमा गइसकेको छु’ पूर्जाले बेनीअनलाइनलाई भने । उनले आफ्ना नयाँ किर्तिमानीको यात्रामा अवरोधका लागि छुटो आरोप लगाएको बताए ।

विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व रेकर्ड तथा पाकिस्तान र चीनको सिमानामा अवस्थित संसारकै दोस्रो अग्लो ८ हजार ६ सय ११ मिटर अग्लो के–टु’ हिमालमा विन्टर सिजन (जाडो याम) मा माइनस ८० डिग्रीको तापक्रम र १ सय माइल प्रतिघण्टाको बायू गतिजस्ता प्रतिकुल अवस्थामा समेत आरोहण सहित विश्वभरका पर्वतारोहीलाई चकित पार्ने रेकर्ड कायम गरेका पूर्जाले सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड सहित दर्जनौ प्रतिष्ठित अवार्डबाट सम्मानित भएका छन् ।

पूर्जाको आफ्नो बायोग्राफी पुस्तक बियोन्ड पसिबल र नेटफिल्क्सले निर्माण गरेको फिल्म ‘फोर्टिन पिक्सः नथिङ इज इम्पोसिबल’ समेत सार्वजनिक भएको छ। पुस्तक र नेटफिल्क्सले निर्माण गरेको फिल्म सर्वाािधक रुचाइएको थियो।

Leave a Reply