म्याग्दीको बेनी नगरपालिकासहित विभिन्न ६ पालिकामा शनिबार ११ घण्टासम्म विद्युत अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार म्याग्दी वितरण केन्द्रको सिंग्मा तातोपानी फिडर, बेनी फिडर, रत्नेचौर फिडर र दाना फिडर अन्तर्गतका क्षेत्रहरूमा आज बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत अवरूद्ध हुनेछ।

ती क्षेत्रमा विद्युत मर्मत गर्न विद्युत सट डाउनमा राख्नुपर्ने भएकाले ११ घण्टासम्म विद्युत अवरूद्ध हुने नेपाल प्राधिकरणले जनाएको छ। बेनी फिडरअन्तर्गत बेनी नगरपालिकाको वडा नम्बर २,७ र ८, जलजला गाउँपालिकाका वडा नम्बरा २ र ३ मा विद्युत सेवा अवरूद्ध हुनेछ।

रत्नेचौर फिडर अन्तर्गत बेनी नगरपालिकाको वडा नम्बर १ र २, जलजला गाउँपालिकाको वडा नम्बर ७ र ८ मा विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

त्यस्तै दाना फिडर अन्तर्गत रघुगंगा गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, बेनी नगरपालिकाको वडा नम्बर ९ र १० तथा जलजल गाउँपालिकाको वडा नम्बर १,२,३ र ४ का क्षेत्रहरूमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

Leave a Reply