म्याग्दीको पर्यटकीयस्थल टोड्केबाट बेनी नगरपालिका-१० वाखेतफर्त आउँदै गरेको ग १ ज ७१०६ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

गएराती रघुगंगा गाउँपालिका-५,झिँको भालटोके पाखोमा जीप दुर्घटना हुदाँ चालक वाखेतका ५३ बर्षिय छबिलाल पुनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक एवम् सुचना अधिकारी राजन रायमाझीले जानकारी दिनुभयो ।‘दुर्घटनामा घाईतेको अवस्था सामान्य छ, सबैको डिस्चार्ज भयो’ रायमाझीले भन्नुभयो ।

दुर्घटनामा वाखेतका गुन बहादुर पूर्जा, बिजय पाइजा लगायत सवार थिए । दुर्घटनामा मृत्यु भएका र घाईतेको उद्धारका लागि बेनी नगरपालिका मेयर सुरत केसी सहितको टोली घटनास्थलमा पुग्नुभएको थियो ।

दुर्घटनाको जानकारी पाएपछि स्थानीयबासीले उद्धार गरेका थिए । दुर्घटना कसरी भयो भन्ने खुलेको छैन । रातको समय र अप्ठ्यारो सडक भएकाले दुर्घटना भएको हुनेसक्ने अनुमान गरिएको छ ।

Leave a Reply