गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगितामा म्याग्दी सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार पोखरामा सम्पन्न भएको खेलमा म्याग्दीले स्याङ्जालाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले जित निकाल्दै विजयी भएको हो ।

प्रतियोगिताको उपाधीको दाबेदार स्याङ्जासँगको खेलमा निर्धारित समयमा समान २÷२ गोल भएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो ।म्याग्दीको तर्फबाट सुमन मगर (सनम) र रिजन मगरले १–१ गोल गरेका थिए ।

स्याङ्जासँग हालसम्म गण्डकी प्रदेशस्तरीय खेलमा म्याग्दी पराजित हुदै आएको थियो । प्रतियोगितामा म्याग्दीका सनम म्याद अफ दि म्याच घोषित भए । म्याग्दीले फाइनलका लागि कास्कीसँग खेल्ने जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानियाँले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

यहि जेठ २८ गते सम्म सञ्चालन हुने प्रतियोगिता गण्डकी प्रदेशका १० जिल्लाको सहभागिता रहेको छ । नकआउटका आधारमा भइरहेको खेलमा यसपटक म्याग्दीले राम्रो खेल देखाइरहेको छ। प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट हुनेछन् । Photo Source: Goalnepal.com

Leave a Reply