उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको बालबालिकाहरुको भेलाले सृष्टि बरुवालको अध्यक्षतामा अन्नपूर्ण बाल सञ्जाल गठन गरेको छ । शनिबार र आइतबार गरी दुई दिनसम्म सञ्चालित भेलाबाट उपाध्यक्ष विजय लामा, सचिव संगम विक,सहसचिव आगमन सुनाम, कोषाध्यक्ष सुस्मिता किसान रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा सोनिया पूर्जा, एन्जल थजाली, पृथिराम रोका,आरोषी तिलिजा, युता थजाली, राहुल खड्का, अनुज पूर्जा, दिया रन्तिजा, लिला गर्बुजा, कृतिस परियार रहेका छन् । भेलालले पारित गरेको कार्यक्रमहरु गाउपालिका अध्यक्ष भरत पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीलाई हस्तान्तरण गरिएको थियो । बालबालिकाको अधिकार, बाल क्लवको स्थापना र सञ्चालन लगायतका विषयमा विज्ञ विनोद धौलागिरीले सहजीकरण गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष सृष्टि बरुवालले गाउँपालिकालाई बालश्रम मुक्त घोषाण गदैं बालबालिका अनुकुल निति बनाउने, बालबालिकाको क्षेत्रमा बजेट विनियोजन तथा क्षमता विकास सहितका कार्यहरुमा सहयोग गर्न गाउँपालिकालाई अनुरोध गरेकी थिइन् । अन्नपूर्णभित्रका बालबालिकालाई लक्षित गरी विभिन्न योजना तथा बालबालिका केन्द्रित कार्यक्रमलाई प्रोत्साहन गर्ने गाउँपालिका अध्यक्ष पुनको भनाई छ ।

 

Leave a Reply