विज्ञान तथा प्रविधि विषयक शिक्षक समाज म्याग्दी (स्टान)को तदर्थ समिति गठन भएको छ । आइतबार बेनी नगरपालिका–९, गलेश्वरमा सम्पन्न विज्ञान तथा प्रविधि विषय अध्यापनरत शिक्षकहरुको एक भेलाले स्टान म्याग्दीको तदर्थ समति गठन गरेको हो ।
विज्ञान विषयका शिक्षकहरु लक्षित कार्यशाला गोष्ठीको अवसरमा सम्पन्न भेलाबाट गठन भएको स्टान तदर्थ समितिको अध्यक्षमा टेकप्रसाद सुवेदी, उपाध्यक्षमा भीमबहादुर घर्ती, सचिवमा प्रकाश सापकोटा, सहसचिवमा कमला पौडेल र कोषाध्यक्षमा रामचन्द्र पौडेल रहनुभएको छ ।
यसैगरी समितिको सदस्यहरुमा भगवान बहादुर कार्की, शिव शर्मा पौडेल, होमनाथ शर्मा, सुनिल बानियाँ, सुरज लिम्बु, किशोर मल्ल, कृष्ण श्रेष्ठ, ध्रुवबहादुर भण्डारी, शिशिर सुवेदी, विमल पुन, रेगुन खत्री र वीरेन्द्र अधिकारी रहनुभएको छ ।