म्याग्दीको रघुगंगा गाउँपालिका–१,बाँदुकबाट एक जना युवा विगत ६५ दिनदेखि बेपत्ता छन् । २०८० चैत्र २८ गते घरबाट सम्पर्कविहिन भएका ३२ बर्षिय डिलकुमार पूर्जाको खोजीकार्य गरिएपनि अझै फेला परेका छैनन् ।

बेपत्ता पूर्जाका भाई कृष्ण पूर्जाले अचाक बिरामी भएपछि मेलापात, पशुचौपायालाई समेत छोडेर घरमै आराम गरेको अवस्थामा अचानक राती सुतेको अवस्थामा घरबाटै सम्पर्कविहिन भएपछि खोजीकार्य ग गर्दा समेत कतै फेला नपरेको बताए ।

‘अहिलेसम्म धेरै ठाउँमा खोजी गरियो, जिल्ला बाहिर पनि खोजीकार्यमा जुटेका छौ’ भाई कृष्णले भने । म्याग्दी र मुस्ताङ क्षेत्रमा खोजीकार्य गरिएको बताउँदै छिमेकी जिल्ला पर्वत, बागलुङ र पोखरामा समेत आफन्तले खोजी गरेको पूर्जाको भनाई छ ।

गाउँआसपासका क्षेत्रमा बसेको हुनसक्ने आशंकामा खोजी गरिएको र भेडाचरन क्षेत्रमा समेत पुगेपनि पत्ता नलागेपछि परिवार चिन्तित छन् । बेपत्ता डिलकुमारका भाईले हुलियाजस्तै देखिने कतै भेटेमा यो ९८४८८२७०७२नम्बरमा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।

Leave a Reply