म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानामा यूवापुस्ता पुख्यौली नाचको संरक्षणमा सक्रिय भएपछि मादल सहयोग गरिएको छ। पछिल्लो समय यूवाहरु आधुनिक फेसनमा रमाइरहेको अवस्थामा दाना पुख्यौली समुहमा यूवाहरु आवद्ध भएर नाच संरक्षणमा जुटेपछि समुदायस्तरबाट समेत सहयोग गर्न थालेका छन् ।

पुख्यौली समुहलाई शिक्षा विकास कोषका अध्यक्ष कृष्ण तुलाचनले तीनवटा मादल सहयोग गदैं आगामी दिनमा समेत सहयोगको प्रतिबद्धता जनाएका छन् । ’पुख्यौली समुहलाई जोगाउने दाहित्व सबै दानाबासीको हो, समुहको हौसलाका लागि सक्ने सहयोग गर्नुपर्छ’अध्यक्ष तुलाचनले भने ।

पुख्यौली समुहमा आवद्ध भएका यूवाहरुलाई तालिम तथा आवश्यक साम्रागीहरु सहयोगले सहज हुने तुलाचनको भनाई छ। बि.स २०७५ साल पुस अन्तिम साता शैक्षिक, स्थानीय कला र संस्कृतिको संरक्षण तथा पर्यटन प्रर्वधन गर्ने उद्देश्यले शुक्रबादेखि शिक्षा विकास कोषको मुल आयोजन तथा वडा कार्यालय र ज्ञानप्रकाश माविको आयोजनामा पुख्यौली नाच प्रतियोगिता समेत भएको थियो ।

पुख्यौली नृत्यमा मादले र मारुनीको भूमिका महत्वपूर्ण हुन्छ । एउटा गीतको टुक्का निकालेपछि अरूले त्यसलाई पछ्याउँदै गाइन्छ। पुरुष नै महिलाको पहिरनमा सजिएर नाचिने भएकाले यो नृत्यलाई मारुनी नृत्य पनि भनिन्छ ।

नाचको सुरुमा सरस्वती जगाइन्छ, त्यतिबेला केहीलाई सरस्वती जाग्ने हुँदा काँम्नेसमेत हुन्छ । गीतमार्फत राम–लक्षणका वाणीहरू र सरस्वतीलाई सम्मानपछि काम्ने हराउँदै जान्छ । मेला महोत्सवसँगै विवाह, व्रतबन्धलगायतका शुभकार्यमा यो नृत्य प्रस्तुत गर्ने गरिन्छ । पुख्यौली र थाली नाच म्याग्दीको पहिचान हो ।

Leave a Reply