म्याग्दीका स्वास्थ्य बिमा दर्ता सहयोगीहरू आन्दोलित भएका छन् । न्यूनतम तलब सुविधासहित २५ प्रतिशत प्रोत्साहन रकम कायम गर्नुपर्ने लगायतका ७ वटा माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।

स्वास्थ्य बिमा दर्ता सहयोगीहरूले बेनीमा रहेको कार्यालयमा पुगेर कार्यालय प्रमुख उपेन्द्र बराललाई ज्ञापनपत्र बुझाउँदै रोकिएको प्रोत्साहन रकम दिनुपर्ने, सहयोगीको निशुल्क स्वास्थ्य विमा, पोसाकको व्यवस्था गर्नुपर्ने, बिमा गरे बापत दिइने कमिसन कटाएको, कमिसनमा लाग्दै आएको १ प्रतिशत करलाई वृद्धि गरेर १५ प्रतिशत लिन थालेपछि आन्दोलनमा उœन बाध्य भएको स्वास्थ्य बिमा दर्ता सहयोगी चन्डिका पौडेलले बताइन् ।

‘बिमा बोर्डले कमजोरी गर्ने दर्ता सहयोगीलाई मानसिक तनाव दिने निर्णय सच्चाउनुपर्छ’ दर्ता सहयोगी पौडेलले भनिन् । उनका अनुसार २०७९ सालदेखिको कमिसनमा उल्टै जरिबाना गरेर बेरुजु देखाएको, महालेखाका कारण स्वास्थ्य बिमा दर्ता सहयोगीहरूमा निराशा पैदा भएको छ ।

दर्ता सहयोगीका कारण स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी भइरहेको अवस्थामा सहयोगीलाई सेवासुविधा नदिने र विगतमा बोर्डबाट भएका त्रुटीको जिम्मेबारी समेत सहयोगलाई देखाउने गरिएको भन्दै सेवासुविधा थप र जरिवाना बोर्ड वा नेपाल सरकारबाट नै ब्यर्होनुपर्ने अडान लिएका छन् । म्याग्दीमा ४५ वडामा ३५ दर्ता सहयोगी मात्रै छन् । १० वटा वडामा सहयोगी नहुदाँ स्वास्थ्य बिमा सेवा प्रभावित भएको छ ।

Leave a Reply