---Advertisement---

रुप्से झरनामा पहिरोले सडक अवरुद्ध

On: June 20, 2024 7:23 AM
Follow Us:

अन्नपूर्ण गाउँपालिका–३,दानाको रुप्से झरनामा गएराती आएको पहिरोका कारण मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ। सडकखण्डको माथिल्लो भागबाट खसेको ढुंगा सहितको पहिरोले सडक अवरुद्ध भएको पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिए ।

अवरुद्ध सडकको माटो र ढुंगा पन्छ्याउन मेसिन प्रयोग गर्नुपर्ने उनले बताए । सडक अवरुद्ध हुँदा बेनी हुँदै मुस्ताङ र मुस्ताङबाट फर्किने यात्रु अलपत्र परेका छन् । बेनी–जोमसोम–कोरला सडकखण्डको म्याग्दी तर्फ ठाउँठाउँमा पहिरोले बर्खाको समयमा सताउने गरेको छ। म्याग्दीखण्डको गलेश्वरदेखि घासासम्म करिब आधादर्जन ठूलो पहिरो छ । सडक विस्तार जारी रहेकाले ठाउँठाउँमा पहिरोको सम्भावना छ ।