लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रमसहित साताव्यापी कार्यक्रम सुरु भएको छ। ‘लागु औषध दुरूपयोग बिरुद्ध लडौंःरोकथाममा जोड दिऔं’भन्ने मूल नाराका साथ सदरमुकाम बेनीमा बिहिबारदेखि प्रभातफेरी कार्यक्रम गरिएको छ ।

सप्ताहव्यापी कार्यक्रम विद्यालयमा सचेतनामुलक कार्यक्रम,लागुपर्दाथ बिरुद्ध समुदायमा आमा केन्द्रित सचेतनामुलक कार्यक्रम, यूवा क्लव, बाल क्लव केन्द्रित सचेतनामुलक कार्यक्रम, लागुऔषध बढी प्रभावित क्षेत्रमा केन्द्रित कार्यक्रम,कारागारमा रहेका थुनुवाकैदीसँग कार्यक्रम लगायतका कार्यक्रमहरु तय गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताए ।

कार्यक्रमको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले उद्घाटन गदैं युवा कुलतमा फस्नु दुभाग्यपूर्ण भएकाले युवाहरुलाई उत्पादन मुलक क्षेत्रमा आफ्नो समय खर्चिनुपर्नेमा जोड दिए ।

उनले लागू पदार्थको सञ्चिति, ओसारपसार, सेवन, बेचविखन लगायतका गतिविधिलाई निर्मुल पार्न अभियान परिणामुखी हुनुपर्ने बताए । कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रमुख जिल्ला अधिकारी लक्षमण ढकाल लगायत जनप्रतिनिधि, जिल्लाका सरोकारवाला निकाय, विद्यार्थी, आमा समुहको उपस्थिती रहेको थियो ।

Leave a Reply