म्याग्दीको मंगला गाउँपालिका-५,मुसलबारीकी ७७ बर्षिया तिलकुमारी राना मंगलबार साँझदेखि बेपत्ता भएकी छन् । आफन्तको घर मंगला–३,सातबिसेबाट बरंजातर्फ जाने बाटोबाट एक्कासी सम्पर्कविहिन भएकी रानाको खोजीकार्य भएपनि बिहिबार साँझ सम्म कुनै अत्तोपत्तो नभएको नातिनी तारा राना मगरले बताइन् ।

‘खोजीकार्य जारी छ,‘कतै भेट्नुभयो भने नजिकैको प्रहरी कार्यालयमा जानकारी दिनु अनुरोध गर्दछु’ रानाले भनिन् । बेपत्ता बृद्धा रानाको खोजीमा सातबिसेदेखि बरंजा, अर्मन लगायत आसपासको क्षेत्रमा खोजीकार्य गर्दा समेतनभेपछिएपछि परिवार चिन्तित छन् । बेपत्ता बृद्धाका बारेमा बावियाचौर प्रहरी चौकीलाई समेत खवर गरिएको छ ।

Leave a Reply