पश्चिम म्याग्दीको दरबाङमा अवस्थित केवि एकेडेमीमा किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी विषयको क्षमता विकास र किशोरहरुलाई लागुपदार्थ तथा यौनजन्य दुव्र्यवहार विरुद्धको तालिम सम्पन्न भएको छ ।

किशोरी तथा बालिकामाथि हुन सक्ने सम्भावित यौनजन्य दुव्र्यवहारको विरुद्ध प्रतिकार गर्न सशक्त बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

मिलन म्याग्दीको आयोजना,सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग,मालिका गाउँपालिकाको समन्वय,जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्राविधिक सहयोग र कें.वि एकेडेमीको व्यवस्थापनमा तालिम सम्पन्न भएको हो । तालिममा के.वि एकेडेमी,जनप्रिया माध्यमिक विद्यालय र दरबाङ इंगलिस वोर्डिङ स्कुलका गरी करिव ६० जना छात्रछात्रा र शिक्षकहरुको सहभागिता रहेको थियो ।

तालिममा जिल्ला प्रहरी कार्यालय म्याग्दीका राजन रायमाझीले किशोरीहरुलाई मानसिक र शारिरीक रुपमा सशक्त बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो । तालिममा सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा, प्रहरी सहायक निरिक्षक कृष्ण विश्वकर्मा,सामाजिक विकास कार्यालयका भविलाल शर्मा लगायतले सहजीकरण गर्नुभएको थियो ।

तालिममा आत्मरक्षा सिप विकास, सकारात्मक सोच तथा योग आसन, समाज रुपान्तरणमा किशोरकिशोरीहरुको भूमिका, जीवनरक्षा सम्बन्धी प्रयोगात्मक अभ्यास, कल्चरल तथा कला गप्रदर्शनी, यौनजन्य वृद्धि विकासको व्यवस्थापन, आत्मरक्षा सिपको व्यवहारिक अभ्यास, सफल नेतृत्व विकास सम्बन्धी कला, साइबर सुरक्षा तथा घरेलु हिंसा न्यूनीकरण, बाल अधिकारका आयामहरु, बाल बचाउ, संरक्षण र सहभागिता, लैङ्गिक हिंसा न्यूनीकरण तथा सामाजिक विकासको सम्बन्धलगायत विषयहरुमा सहजीकरण गरिएको थियो । कार्यक्रम के.वि एकेडेमकीका प्रिन्सिपल विमल शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply