रोकपमा अष्ट्रियाले पोल्याण्डलाई पराजित गरेको छ।

गएराति बर्लिनमा भएको खेलमा अष्ट्रियाले पोल्याण्डलाई ३-१ गोलले पराजित गरेको हो।

अष्ट्रियाको जितमा गेर्नट ट्रनर, क्रिस्टोफ बाउमगार्टनर र मार्को अर्नाटोभिकले एक एक गोल गरे।

गर्नोटले नवौं मिनेटमै अष्ट्रियालाई अग्रता दिलाएका थिए।

३३ औं मिनेटमा पोल्याण्डका क्रिस्टफ पियटेकले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याएका थिए।

दोस्रो हाफको ६६ औं मिनेटमा बाउमगार्टनरले गोल गरी फेरि अग्रता दिलाएका थिए।  ७८ औं मिनेटमा पेनाल्टी पोल्याण्डले पाएको पेनाल्टीलाई मार्को अर्नउटोभिकले सदुपयोग गरे।

उनले पेनाल्टीमार्फत गरेको गोल निर्णायक हुँदा अष्ट्रिया ३-१ गोलले विजयी भएको हो।

Leave a Reply