---Advertisement---

मंगला माविमा दुईदिने सम्पादकीय लेखन तथा उद्घोषण तालिम

On: June 22, 2024 10:17 PM
Follow Us:

म्याग्दीको मंगला गाउँपालिका-२,बावियाचौरमा रहेको मंगला माविमा दुई दिने उद्घोषण तथा नेतृत्व विकास र सम्पादकीय लेखन तालिम शनिबार सम्पन्न भएको छ । विद्यार्थीको लेखन शैली तथा क्षमता विकास गर्ने उद्देश्यले मंगला माविले आयोजना गरेको तालिममा उद्घोषण, भाषणकला, नेतृत्व विकास अन्तर्गत सैद्धान्तिक तथा व्यवहारिक ज्ञान, भित्रे पत्रिका लेखनमा विद्यार्थीको सहभागिता साथै प्रयोगात्मक अभ्यास गरिएको थियो ।

तालिममा सम्पादकीय भनेको के को ? सम्पादकीय लेखनको सुुरुवात कसरी गर्ने ?,सफल नेतृत्व कसरी बन्ने ?लेखरचनाहरू तयार पार्दा ध्यान दिनुुपर्ने विषयबस्तुका बारेमा विद्यालयका प्रधानाध्यापक गमबहादुर खत्री र पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमले सहकजीकरण गरेका थिए ।

समापन कार्यक्रममा बोल्दै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रमानन्द विश्वकर्माले सिक्ने र सिकाउने प्रक्रिया कहिल्यै अन्त्य नहुने बताउँदै तालिममा सिकेका ज्ञान,सिपलाई व्यवहारमा उतार्नुपर्ने बताए । तालिममा सहभागिको तर्फबाट विद्यार्थीद्धय कक्षा १० का आग्रह आचार्य र सप्रिया आर्चायले तालिमबाट निर्धक्कसँग आफ्नो कुरा राख्न सक्ने भएको बताएका थिए ।मंगला माविका प्रअ खत्रीले व्यक्तित्व विकास सबैभन्दा ठूलो सम्पत्ति भएकाले सिक्ने र सिकाउने प्रक्रिया निरन्तर चलिरहने बताए ।

उनले विद्यार्थीको क्षमता विकाससँगै पाठ्यपुस्तकसँग सम्बन्धित अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकता दिने बतँए । ४५ जना विद्यार्थी र १० जना शिक्षकको सहभागिता रहेको तालिमको सञ्चालन शिक्षक होमनाथ पाण्डेले गरेका थिए । तालिमको समापनमा आगामी बर्खे विदापछि भित्ते पत्रिका प्रकाशन गर्ने गरी सम्पादन मण्डलको समेत गठन गरिएको छ ।