पश्चिम म्याग्दीको मालिा गाँउपालिका पशु सेवा शाखा र संगम म्याग्दीको संयुक्त आयोजनामा वडा नं ५ देविस्थान दाङ्गगामा १ दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । मालिका गाँउपालिका र गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त शिविर सम्पन्न भएको हो ।

संगम म्याग्दीको उपाध्यक्ष देवि जिसी, कोषाध्यक्ष जानुका अधिकारी, वडा सदस्य धनबहादुर फगामी, संगम म्याग्दीका कार्यक्रम अधिकृत विश्वनाथ आचार्य, मालिका गाँउपालिकाका पशु सेवा शाखा प्रमुख असुन रिजाल, पशु प्राविधिक अर्जुन चोखाल, पविता पुन, मालिका गाँउपालिका शिक्षा स्वयंसेवकन विना पुन, देविस्थानका समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।

उक्त १ दिने पश ुस्वास्थ्य शिविरमा ६१ घरपरिवारका पशुपन्छीहरुको वारेमा आवश्यक परामर्श प्रदान गरिएको थियो । ३ जनापशु स्वास्थ्य प्राविधिकवाट करिव ३ हजार पशु तथा पन्छीहरुको रोगको जानकारीको आधारमा आवश्यक परामर्श तथा आवश्यक औषधी निशुल्क उपलव्ध गराईएको अधिकृत असुन रिजालले दिए ।

मालिका गाँउपालिका वडा नं ५ का सदस्य श्री घन बहादुर फगामीले पशु सेवाशाखाको कुनै पनि कर्मचारी तथा कार्यालय नभएको विकट क्षेत्र देविस्थानमा कार्यक्रम गर्ने स्थान छनौट गरेकोमा संगम म्याग्दी र मालिका गाँउपालिका पशु सेवा शाखालाई धन्यवाद दिए । शिविर कार्यक्रमले स्थानिय स्तरमै रहेर कसरी स्वस्थ तथा निरोगी पशुपन्छीपालन गर्ने र त्यस्ता निरोगी पशुपन्छीको विक्रि वितरणवाट कृषकहरुको आम्दानी वढ्दै जाने र निरोगी पशुपन्छीको सख्या वढ्दै जाने कुरा समेत गरेका थिए ।

Leave a Reply