म्याग्दीको धवलागिरी गाउँपालिका–३ धवलागिरी मावि मुनाकी निसा पुन कक्षा ८ को बार्षिक परीक्षामा गाउँपालिकाकै सवोत्कृष्ट विद्यार्थी घोषित भएकी छन् । निसाले ३.६९ जिपिए ल्याएकी छिन् ।

गाउँपालिका भित्र रहेका १६ वटा विद्यालयका विद्यार्थी सम्मलित परीक्षामा निशा प्रथम हुदैं गाउँपालिकाबाट सम्मान समेत पाएको धवलागिरी माविका प्रधानाध्यापक रुपेश सुवेदीको भनाई छ । ‘मेधावी विद्यार्थी हुन्, पढाईसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल छिन्’ प्रअ सुबेदीले भने ।

उनका अनुसार पढाई, अनुशासनमा अगाडी रहेकी निशालाई एसइईमा जिल्लाकै उत्कृष्ट विद्यार्थीमा पर्ने गरी पढाइका लागि थप सहज वातावरण बनाउन समेत अभिभावकलाई समेत अनुरोध गरिएको छ ।

उनले विद्यालयको नियमित बाहेक पनि अतिरिक्त कक्षाहरुमार्फत सहज बनाउने प्रयास गरिएको बताए । धवलागिरी गाउँपालिकाको२२औं गाउँ सभा अवसरमा निसालाई नगद र प्रमाणपत्र सहित सम्मान गरेको “गाउँ पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ख्यामराज सुवेदीले बताए ।

Leave a Reply