---Advertisement---

अर्जेन्टिना कोपा अमेरिकाको नकआउट चरणमा

On: June 26, 2024 10:41 AM
Follow Us:

साविक विजेता अर्जेन्टिना कोपा अमेरिका २०२४ को नकआउट चरणमा पुगेको छ। योसँगै नकआउट चरणमा पुग्ने अर्जेन्टिना पहिलो टीम पनि बनेको छ।

आज भएको खेलमा चिलीलाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो।

न्यु जर्सीस्थित मेट लाइफ स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका लागि लाउटारोले ८८औं मिनेटमा गोल गरेका थिए। जुन निर्णायक बनेपछि अर्जेन्टिना क्वाटरफाइनलमा पुगेको हो।

समूह ‘ए’ बाट लगातार दुई खेल जित्दै ६ अङ्क जोडेको अर्जेन्टिना एक खेल अगावै नकआउट चरणमा प्रवेश गरेको छ।