---Advertisement---

एसईईको नतिजामा म्याग्दी : ६२.२६ प्रतिशत परीक्षार्थी ननग्रेड, ३७.७४ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण

On: June 27, 2024 5:02 PM
Follow Us:

माध्यामिक शिक्षा परीक्षा (एसइई) को २०८० मा म्याग्दी जिल्लाबाट परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ३७.७४ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । उनीहरुले कक्षा ११ पढ्न पाउनेछन् । परीक्षामा सहभागी भएकामध्ये ६२.२६ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।

जिल्ला शिक्षा समन्वय इकाई प्रमुख दलबहादुर थापाले बेनीअनलाइनलाई दिएको जानकारी नन–ग्रेडेड परीक्षार्थीमध्ये दुई वटासम्म विषय लागेर पूरक परीक्षा दिन पाउने विद्यार्थी ३१ प्रतिशत रहेका छन् भने अर्को बर्षको परीक्षा कुर्नुपर्ने विद्यार्थी ३२ प्रतिशत रहेको छ ।

साधारणतर्फ बाहेक प्राविधिक धारमा कुल सहभागि ७९ विद्यार्थीमध्ये ६१ प्रतिशतले माथिल्लो तह पढ्न पाउने भएका छन् । म्याग्दीमा यसपटक नतिजा खस्किएको छ । यस पटक उत्तीर्ण हुन सैद्धान्तिकमा ३५ र प्रयोगात्मकका ४० प्रतिशत अङ्क ल्याउनैपर्ने नयाँ व्यवस्थाले गर्दा उत्तीर्ण दर घट्ने अनुमान गरिएको थियो ।

प्रारम्भीक नतिजाका अनुसार गणित,विज्ञान र अङ्ग्रेजीमा नतिजा कमजोर रहेको छ । विद्यार्थीले सैद्धान्तिकतर्फ परीक्षामा ३५ प्रतिशत नल्याउनेलाई एनजीमा परेका छन् । म्याग्दीबाट १८ सय ४० जना विद्यार्थी सहभागि थिए ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।