म्याग्दीको बेनीमा रहेको म्याग्दी पुस्तकालयलाई मोना अस्ट्रेलियाले ल्यापटप सहयोग गरेको छ । डिजिटल पुस्तकालय बनाउने अभियानमा बेनी नगरपालिका-७, बैंकरोड निवासी हरि गिरीको संयोजनमा एकथान ल्यापटप बिहिबार एक समारोहका बिच मोना अस्ट्रेलियाका प्रतिनिधि दिपेन्द्र भण्डारीले पुस्तकालयका अध्यक्ष अम्बिक श्रेष्ठ, सचिव नवराज पौडेललाई हस्तान्तरण गरेका छन् ।

पुस्तकालयमा आउने पाठकको चाहना अनुसार डिजिटल प्रविधिको प्रयोग गरी अध्ययनमा सहज बनाउने उदेश्यले प्रविधियुक्त म्याग्दी पुस्तकालयको अभियानमा पहिलो सहयोग प्राप्त भएको अध्यक्ष श्रेष्ठले बताए । उनले ल्यापटप सहित आर्थिक संकलन अभियानमा समेत जारी रहेको बताए ।

सोही अवसरमा मोनाका प्रतिनिधि भण्डारीले संस्थागत तथा ब्यक्तिगत सहयोगलाई समेत निरन्तरता दिने बताउँदै पुस्तकालयको प्रयोगको वातावरण बनाउनुपर्नेमा जोड दिए । पुस्तकालयमा पछिल्लो समय गण्डकी प्रदेश सरकार सामाजिक विकास कार्यालयबाट आर्थिक सहयोग प्राप्त भएपछि पुस्तक थप गरिएको छ ।

Leave a Reply