माध्यमिक शिक्षा परीक्षा (एसइई) मा म्याग्दीका १२ विद्यालयका परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । जिल्ला शिक्षा तथा समन्वय इकाईका अनुसार भानु मावि, हिमाञ्चल मावि,पाउद्धार मावि,महादेव मावि, किसानी चन्द्राकुन्ता मावि, गौबमबस्त मावि, लमसुङ मावि, निस्कोट मावि, जनता मावि रहेका छन् ।

त्यसैगरी उज्यालो बैकल्पिक विद्यालय, खुल्ला विद्यालयबाट परीक्षामा सहभागी एक जना पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन् । त्यसैगरी साधारणधार तर्फ १ जना मात्रै विद्यार्थी उत्र्तिणा गर्ने विद्यालयको संख्या एघार रहेको छ । शिक्षा विकास समन्वय इकाइका प्रमुख दलबहादुर थापाका अनुसार समग्र जिल्लाको नतिजा यसपटक खस्किएको बताए ।

Result

‘यसपटक नतिजाको गम्भीर समिक्षा गरी अबको शैक्षिक कार्यशैलीमा सुधार गर्नुपर्छ’ प्रमुख थापाले भने । उनका अनुसार परीक्षामुखी तयारी, विद्यार्थीको पढाइप्रतिको ध्यान केन्द्रित नहुदाँ नतिजा खस्किएको छ। म्याग्दीमा एसइईमा सहभागी संस्थागत र सामुदायिक गरी ७५ विद्यालयमा बेनीको लिटल गार्डेन एकेडेमी, बावियाचौरको डनिङ बोर्डिङका विद्यार्थीले सतप्रतिशत ग्रेड प्राप्त गरेका छन् भने ७३ विद्यालयका विद्यार्थीले कुनै न कुनै विषयमा ननग्रेड (एनजी) पाएका छन् ।

ननग्रेडमा पर्ने विद्यार्थीमा प्रायजसो अंग्रेजी, गणित, विज्ञान, अर्थशास्त्र र सामाजिक विषयमा नतिजा कमजोर छ । यता बेनी नगरपालिकाका मेयर सुरत केसीले कमजोर नतिजा ल्याउने विद्यालयको नतिजा सुधार गर्न नतिजा सुधार कार्ययोजना बनाई कार्यान्वयन गराउने, जिम्मेवारी किटान गर्ने र सोको प्रगति विवरण समेत अनिवार्य दिनुपर्ने बताए ।

राम्रो नतिजा ल्याउन नसकेका विद्यार्थीलाई हतोत्साही नगराउने, विद्यार्थीको पुरक तयारीलाई थप प्रभावकारी बनाउने लगायतका विषयमा केन्द्रित भएर नगर प्रमुख केसीले आइतबार एसइईमा कमजोर देखिएका विद्यालयका प्रअ, विब्यस सहित जनप्रतिनिधिको बैठक समेत बोलाएका छन् ।

Leave a Reply