पछिल्लो समय मोवाइल प्रयोगकर्ताको रोजाईमा परेको रेडमी १३ मोवाईलको म्याग्दीमा लञ्च गरिएको छ । नयाँ फिचरका साथ बजारमा हालै मात्रै आएको रेडमी १३ मेवाईलको म्याग्दीको गलेश्वरमा आयोजित एक कार्यक्रमका बिच औपचाारिक रुपमा लञ्च गरिएको हो ।

रेडमी मोवाइल कम्पनीको गण्डकी धौलागिरीको आधिकारीक विक्रेता यन्त्र कम्पनीले बेनी, बागलुङ र कुश्माका मोवाईल व्यवसायिहरुको भेला गरेर नयाँ फिचरका साथ बजारमा विक्रिका लागि आएको रेडमी १३ को औपचारिक रुपमा विक्रि वितरण सुरु गरेको मोवाइल बिक्रेता नरेश श्रेष्ठले बताए।

कम्पनीका सञ्चालक मनोहर श्रेष्ठ, अर्जुन गिरी र एरिया म्यानेजर रामजी पौडेलले सामान्य आर्थिक अवस्था भएका मोवाइल प्रयोगकर्ताले समेत प्रयोग गर्न सक्ने,शक्तिशाली प्रोसेसर र उच्च –स्तरीय क्यामराको साथ स्मार्टफोनको नयाँ अनुभव पाउने बताए ।

रेडमीले हरेक नयाँ स्टाइल, पर्फर्मेन्स र इनोभेसन प्रदान गर्दै शाओमीले नेपाली बजारमा उच्च गुणस्तरीय प्रविधि प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीका सञ्चालक श्रेष्ठको भनाई छ । स्मार्टफोनको बजारमा नयाँ स्ट्यान्टर्ड सेट गर्न पाएको र म्याग्दीमा समेत अत्याधिक विक्री हुने गरेको बताए ।

Leave a Reply