म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ६ मा रहेको छाप युवा क्लवको अध्यक्षमा पुस्कल खत्री चयन हुनुभएको छ । शनिवार सम्पन्न भएको तेस्रो अधिवेशनबाट खत्रीको अध्यक्षतामा सर्वसम्मत रुपमा कार्य समिति चयन भएको हो ।

क्लवको वरिष्ठ उपाध्यक्षमा समुन जिसी, उपाध्यक्षमा वन्जित खत्री, सचिवमा शिव खत्री, कोषाध्यक्षमा कुमार खत्री, सहसचिवमा प्रकाश खत्री र सहकोषाध्यक्षमा केशव बानियाँ निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वतमान अध्यक्ष मिलन जिसी लगायतले खादा र अविर लगाएर बधाई ज्ञापन गर्नुभएको थियो । युवाहरुको व्यक्तित्व तथा नेतृत्व विकास सहित खेलकुद, कला संस्कृतिको विकास तथा विभिन्न सामाजिक गतिविधिहरुमा क्लवले रचनात्मक कार्य गर्दै आएको छ ।

Leave a Reply