---Advertisement---

म्याग्दी समाज न्युर्योकको स्मारिका बिमोचन

On: June 30, 2024 10:10 AM
Follow Us:

म्याग्दी समाज न्युर्योक अमेरिकाले प्रकाशित गरेको स्मारिका बिमोचन गरिएको छ । न्युर्योक राज्यको क्विन्स स्थित कोरोना पार्कमा आयोजित समर पिकनिक कार्यक्रमको अवसरमा समाजको जेष्ठ नागरिक खड्कमती शेरपुन्जा र संस्थाका अध्यक्ष रमेश तुलाचनले बिमोचन गरेका थिए ।

स्मारिका प्रकाशनको संयोजक चक पाइजा सदस्य रामचन्द्र सापकोटा र तारामीलन छन्त्याललाई सम्मानपत्र द्वारा सम्मान गरिएको थियो । सोही अवसरमा सहयोग गर्ने सहयोगी दाताहरु, नव आगन्तुक म्याग्देली परिवारहरुलाई स्वागत, संस्थाका आजिवन सदस्य हरुलाई प्रमाणपत्र वितरण तथा पुरुष लठो प्रतियोगितामा प्रथम हुने बरंजा र द्धितीय धौलागिरी गापा र छेलो प्रतियोगितामा प्रथम हुने प्रेम थापा र द्धितीय दिनेस पुन लाई प्रमाण पत्र र नगद पुरात्कार सहित पुरस्कृत गरिएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष रमेश तुलाचनको अध्यक्षता संस्थाका महासचिव चयन्द्र बहादुर थापा क्षेत्री प्रकाशको सञ्चालन मा सम्पन्न भएको कार्यक्रममा समर पिकनिक २०२४ का संयोजक तथा संस्थाका उपाध्यक्ष सोम बुढाथोकी को स्वगत मन्तव्य, मगर संघ अमेरीका केन्द्रका अध्यक्ष याम पुन मगरले शुभकामना मन्तब्य राखेका थिए । सोही अवसरमा पञ्चेबाजा सहित सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।